देउवाको माइक जब गिरीले खोसे…

काठमाडौं । गत मंगलबार नेपाली कांग्रेसका दिवंगत नेता चक्रप्रसाद बाँस्तोलाको ४५औँ पुण्य दिन पारेर श्रद्धाञ्जली कार्यक्रमको आयोजना गरिएको थियो ।

कार्यक्रममा सभापति शेरबहादुर देउवाले भने, ‘चक्रजी सक्रीयता पूर्वक नलाग्नु भएको भए माओवादी विद्रोहको सुरक्षित अवतरण हुने थिएन, माओवादी विद्रोहको सुरक्षित अवतरण नभएको भए मुलुक तहसनहस हुने थियो ।’ देउवाको यो भनाइ टुंगिन नपाउँदै हलमा ताली बज्यो ।

 मैले खुमबहादुरजीको योगदानको कदर गर्दै उहाँकी श्रीमतीलाई केन्द्रीय सदस्य बनाए, अब चक्रजीको योगदानको कदर गर्दै कुशुम बाँस्तोलाजीलाई पनि केन्द्रीय सदस्य बनाउँछु ।

देउवाले भने, ‘फुटेको नेपाली कांग्रेसलाई एकीकरण गर्न चक्रजीको ठूलो योगदान छ, यदी एकीकरण नभएको भए नेपाली कांग्रेस समाप्त हुुन्थ्यो ।’ हलमा फेरी ताली बज्यो । ताली जति जति बज्दै जान्छ देउवा त्यति त्यति उत्साहित हुँदै गए ।

उनले भने, ‘मैले खुमबहादुरजीको योगदानको कदर गर्दै उहाँकी श्रीमतीलाई केन्द्रीय सदस्य बनाए, अब चक्रजीको योगदानको कदर गर्दै कुशुम बाँस्तोलाजीलाई पनि केन्द्रीय सदस्य बनाउँछु ।’ फेरी ताली पिट्न हलका सहभागीहरू तम्तयार थिए तर केन्द्रीय सदस्य प्रदीप गिरि

तपाईंले विधानमै व्यवस्था नभएको अवस्थामा त गच्छदारजीलाई उपसभापति बनाइसक्नुभयो भने विधानमा व्यवस्था भएअनुसार कुसमजीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउन केले रोक्यो ? किन आश्वासन दिइरहनुप¥यो ? हिम्मत भए अहिले नै घोषणा गर्नोस्

सभापति देउवाले बोल्दै गरेको माइक समातेर केन्द्रीय सदस्य गिरीले भने, ‘तपाईंले विधानमै व्यवस्था नभएको अवस्थामा त गच्छदारजीलाई उपसभापति बनाइसक्नुभयो भने विधानमा व्यवस्था भएअनुसार कुसमजीलाई आमन्त्रित केन्द्रीय सदस्य बनाउन केले रोक्यो ? किन आश्वासन दिइरहनुपर्यो ? हिम्मत भए अहिले नै घोषणा गर्नोस् ।’ तर सभापति देउवाले आक्रोश व्यक्त गर्दै भने, ‘बढ्ता जान्ने हुन नखोज ।’

सभापति देउवा महासमितिको बैठक फेरि पनि सार्ने अभियानमा छन् । महासमितिको बैठक अब एक महिना पछि धकेल्न सके भने देउवालाई आफ्नो कार्यकाल एक वर्ष थप्ने मार्ग प्रसस्त हुन्छ । महासमितिले एक वर्ष कार्यकाल थप्न नहुने प्रस्ताव पारित गरिदेला कि भन्ने डर देउवालाई छ । त्यसैले समय घर्किसकेपछि अर्थात् १४औँ महाधिवेशन गर्न एक वर्ष समय थप्नै पर्ने बाध्यता आइपरेपछि मात्रै महासमितिको बैठक बोलाउने रणनीति देउवाको छ ।

०५१ सालदेखि नै देउवालाई अविछिन्न साथ दिँदै आएका बौद्धिक नेता प्रदीप गिरिको धैर्यताको बाँध यस अघि यसरी कहिल्यै पनि टुट्ने गरेको थिएन ।

तर, त्यस दिन उनी धैर्य हुन सकेनन् । किन सकेनन् त ? कांग्रेसका विश्लेषकहरू भन्छन्, ‘केन्द्रीय समितिले पूर्णता नपाउँदा सम्म देउवाले केन्द्रीय सदस्य बनाइदिने आश्वासन दिँदै दोस्रो तहका नेताहरूलाई आफ्नो पक्षमा प्रयोग गरिरहे, सभापति निर्वाचित भएको अढाइ वर्षसम्म उनले अड्कली अड्कली केन्द्रीय सदस्यहरू मनोनित गर्दै गए । जब केन्द्रीय सदस्य मनोनित गर्ने कोटा सकियो तब उनले आमन्त्रित केन्द्रीय सदस्य बनाउने आश्वासन आरम्भ गरेका छन् । विधानमा आमन्त्रित केन्द्रीय सदस्य यति जनासम्म बनाउन पाइनेछ भनेर संख्या तोकिएको छैन ।

जसको फाइदा उठाउँदै देउवाले करिब एक दर्जनलाई आमन्त्रित सदस्य बनाइसकेका छन् । जसमध्ये केही आमन्त्रित सदस्यहरूको चरित्र ज्यादै घिन लाग्दो भएको भन्दै नाक खुम्च्याउनेहरूको संख्या पनि कांग्रेसको केन्द्रीय समितिमा निकै बढेको छ । विदेशमा बसेर मानव तस्करीको काममा सलग्न रहेका केही विवादस्पद व्यक्तिहरूलाई मोटो रकम लिएरै देउवाले आमन्त्रित केन्द्रीय सदस्य बनाइदिएको टिप्पणी कांग्रेसभित्र हुन थालेको छ ।

कांग्र्रेसका दोस्रो तहका नेताहरू भन्छन्, ‘आमन्त्रित केन्द्रीय सदस्य बन्नका लागि पहिले पहिले त देउवाकी श्रीमती आरजुलाई रिझाए पुग्थ्यो तर अब उनकी सासु प्रतिभा राणा तथा उनका छोरा बुहारीलाई रिझाएर पार्नुपर्ने विडम्बना सुरु भएको छ, जो कहिल्यै कांग्रेस होइनन् ।’ सभापति देउवाका यस्तै तीता क्रियाकलापका कारण कांग्रेस नेता गिरीको मोह भंग भएको बताइन्छ ।

नेपाली कांग्रेसभित्र गुटगत राजनीतिले संस्थागत रूप लिएका कारण देउवा पार्टीभित्र अहिले पनि बलिया छन् । मुद्दाका मामिलामा देउवासँग विमति राखे पनि गुटगत कारण देउवालाई छोड्न नसक्नेहरूको संख्या नेपाली कांग्रेसमा उल्लेख्य छ । उदाहरणका लागि नेता विमलेन्द्र निधिले आइजीपी प्रकरणमा रामचन्द्र पौडेल पक्षले भन्दा पनि एक कदम अघि बढेर देउवासँग विमति राखे ।

प्रधानन्यायधीश महाअभियोग प्रकरणमा पौडेल पक्षले देउवालाई साथ दियो तर निधिले असहमति जाहेर गर्दै आफ्नो हस्तक्षर मात्रै हटाउन लगाएनन् उपप्रधानमन्त्री पदबाटै राजीनामा दिए । प्रधानन्यायधीश सुशीला कार्की विरुद्धको महाअभियोग फिर्ता लिन सभापति देउवालाई बाध्य बनाएको निधिले नै हो ।

राजदूत सिफारिस प्रकरणमा पनि निधिले अडान लिए । निधिकै अडानका कारण एक महिलाको नाम फिर्ता भयो । तर, केही समय पछि निधि देउवाद्वारा उपसभापतिपदमा मनोनित भए । विचार, कार्यक्रम तथा मुद्दाका आधारमा संगठिन भएका गुट तथा उपगुटहरू अस्थायी हुन्छन् तर कांग्रेसमा व्यक्तिगत स्वार्थका आधारमा गुट तथा उपगुट बनेका कारण ती गुट तथा उपगुटहरूले पार्टी जस्तै संस्थागत रुप लिइसकेका छन् । जुन कारण ०५९ सालमा नेपाली कांग्रेस विभाजन भएको थियो । पार्टी एकीकरणपछि पनि त्यो कारण विद्यमान छ ।

यतिवेला नेपाली कांग्रेस विधान संसोधनको चरणमा छ । भदौको पहिलो सातादेखि सुरु भएको विधान संसोधनको गृहकार्य गुटहरूको स्वार्थीय विवादका कारण झन् झन् पेचिलो बन्दै गएको छ । यहि विवादकाबीच आफू अझ बलियो बन्ने अभियानमा सभापति देउवा छन् भने यहि विवादलाई माध्यम बनाएर देउवालाई कमजोर बनाउने अभियानमा इतर पक्ष छ ।

विधानको विवाद मस्यौदा समिति हुँदै यतिवेला केन्द्रीय समितिमा पुगेको छ । मंसिर १३ गते बिहीबारदेखि सुरु भएको केन्द्रीय समितिको बैठक अझै केही दिन लम्बिने सम्भावना देखिएको छ । विवादका विषयहरू जटिल छैनन् तर बिवाद बढिरहेको छ । विवादका लागि मात्रै विवाद गरिएको हो भन्ने कुरा एउटा उदाहरणले पनि पुष्टि गर्छ । सभापति देउवा पक्षले केन्द्रीय पदाधिकारीको संख्या नवढाउने अडान लिइको छ ।

जबकी सभापति देउवाले दुई जना उपसभापति मनोनित गरिसकेका छन् । जसमध्ये उनले पछिल्लो पटक गरेको गच्छदारको मनोनयन विधानसम्मत छैन । विधानमै व्यवस्था नगरी सभापति देउवाले २ जना उपसभापति बनाएका छन् । इतरपक्षले विधान संसोधन मस्यौदामा २ जना उपसभापतिको व्यवस्था राख्ने अडान लिएको छ । तर देउवा भन्दैछन्, ‘होइन एक जना मात्रै उपसभापतिको व्यवस्था गर्नुपर्छ ।’

विधानविपरीत दुई जना उपसभापति मनोनित गर्ने तर अर्को पक्षले विधानमै दुई जना उपसभापतिको व्यवस्था गरौँ भनेर प्रस्ताव गर्दा विरोधमा उत्रने क्रियाकलाप सभापति देउवाबाट किन भइरहेको छ ? भन्ने प्रश्न पनि नेपाली कांग्रेसभित्र निकै पेचिलो बनेको छ । यस विषयमा कांग्रेसका विश्लेषकहरू भन्छन्, ‘सभापति देउवा महासमितिको बैठक फेरि पनि सार्ने अभियानमा छन् ।’

महासमितिको बैठक फेरि पनि सार्दा देउवालाई के फाइदा हुन्छ ? भन्ने प्रश्न पनि नेपाली कांग्रेसभित्र निकै पेचिलो बनेको छ । कांग्रेसका विश्लेषहरू भन्छन्, ‘महासमितिको बैठक अब एक महिना पछि धकेल्न सके भने देउवालाई आफ्नो कार्यकाल एक वर्ष थप्ने मार्ग प्रसस्त हुन्छ ।’ यसैगरी, महासमितिको बैठकमा आफ्नो बहुमत पुग्छ भन्ने कुरामा देउवा ढुक्क छैनन् ।

महासमितिले एक वर्ष कार्यकाल थप्न नहुने प्रस्ताव पारित गरिदेला कि भन्ने डर देउवालाई छ । त्यसैले समय घर्किसकेपछि अर्थात् १४औँ महाधिवेशन गर्न एक वर्ष समय थप्नै पर्ने बाध्यता आइपरेपछि मात्रै महासमितिको बैठक बोलाउने रणनीति देउवाको छ । कांग्रेसभित्र यतिवेला विधानको विषयमा उत्पन्न विवाद देउवाको त्यही रणनीतिको उपज हो ।

४ वर्षका लागि ०७२ फागुनमा सभापति पदमा निर्वाचित भएका देउवाको कार्यकाल आगामी फागुनमा ३ वर्ष पुग्दैछ । त्यतिञ्जेल विधान संसोधनको काम टुंगिएन भने एक वर्षभित्र महाधिवेशन सम्भव हुँदैन । महाधिवेशन गर्न असम्भव परिस्थिति उत्पन्न भयो भने एक वर्ष कार्यकाल थप्न सकिने व्यवस्था विधानमा छ ।

आफूलाई अनुकल हुने गतिविधि आफ्नो इतर पक्षबाटै गराउने रणनीतिमा देउवा सफल देखिएका छन् । विधान संसोधन मस्यौदा समिति गठन गर्ने प्रकरणदेखि नै इतर समूहले जे जे गतिविधि गर्दै आएको छ ति गतिविधिले देउवालाई लाभ पुर्याइरहेको छ । साथै, देउवाको इतर पक्षमा स्पष्टरूपमा तीन वटा गुट देखिएका छन् । यी तीनै वटा गुट एक–अर्कालाई कमजोर गराउन सक्रिय छन् । जसको लाभ देउवाले लिइरहेका छन् ।

कोइराला परिवारको एउटा गुट, रामचन्द्र पौडेल प्रकाशमान सिंह, डा.रामशरण महत, बलबहादुर केसी लगायतको गुट र कृष्णप्रसाद सिटौला, अर्जुननरसिंह केसी, गगन थापा लगायतको एउटा गुट गरी तीन वटा गुट देउवाको इतरमा सक्रिय छन् । यी तीन वटै गुटले आफ्नो स्वार्थ सिद्ध नहुने अवस्था आउना साथ देउवालाई साथ दिने गरेका छन् ।

उदाहरणका लागि डेमोक्रेटिक लयर्स एसोसिएसन डिएलएको दुई महिनाअघि भएको निर्वाचनमा सिटौला पक्ष देउवा पक्षसँग मिल्न गएका कारण पौडेल पक्ष र कोइराला पक्ष पराजित भयो । विधान संसोधन मस्यौदा समिति गठन विवादमा कोइराला पक्षले देउवालाई साथ दिँदा पौडेल पक्ष र सिटौला पक्ष घुँडा टेक्न बाध्य भयो ।

प्रतिक्रिया