सुनवर्सीलाई पर्यटकीयस्थल बनाइने

विराटनगर । मोरङको सुुनवर्सी नगरपालिकालाई पर्यटकीय नगरको रूपमा विकास गरिने भएको छ । स्थानीय पर्यटन प्रवद्र्धन गर्न नगरपालिकामा रहेका पर्यटकीयस्थलको पहिचान गरी त्यसलाई व्यवस्थित गर्ने अभियानमा नगरपालिका जुुटेको छ ।

भारतको सीमा जोडिएको सो नगरपालिकामा ५० भन्दा बढी पर्यटकीयस्थलहरू रहेका छन् । आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धनका लागि बजेट छुुट्याएर काम अगाडि बढाउन लागेको नगरपालिकाका मेयर कालिप्रसाद दासले बताए ।

नगरपालिकास्थित कमलपोखरी, झुुमरीदेवी ताल, भेडुुवाथान, महाराजाथान तथा चन्दन खाडी लगायतका ऐतिहासिक तथा धार्मिक महत्व बोकेको पर्यटकीय स्थललाई व्यवस्थित गर्न लागेको नगरप्रमुुख दासले बताए । यसैगरी वक्राहा खोलालाई व्यवस्थित रूपले तटबन्धका लागिसमेत नगरपालिकाले बजेट छुुट्याएको जनाइएको छ ।

झुुमरीदेवी तालको व्यवस्थापनका लागि प्रदेश सरकारले २० लाख रुपैयाँ विनियोजित गरिसकेको छ । साढे पाँच बिघामा फैलिएको सो तालमा डुुंगा चलाउनेगरी योजना बनाइएको सुुनवर्सी नगरपालिका– ९ का वडासचिव पदमविनोद घिमिरेले बताए ।

पहिलो चरणमा नगपालिका क्षेत्रमा रहेको धार्मिक महत्व बोकेका पर्यटकीयस्थलको विकास गर्ने जनाइएको छ । नगरक्षेत्रमा रहेका पर्यटकीयक्षेत्रलाई व्यवस्थित गर्न संस्कृति तथा पर्यटन विकास समिति गठनसमेत गरिएको छ ।

श्यामकुुमार राईको अध्यक्षतामा गठन भएको समितिको सचिवमा विरेन राई छन् । १३ सदस्यीय समितिले पर्यटकीयस्थलको पहिचानगरी त्यसको प्रवद्र्धनमा लाग्ने बताइएको छ । नगरपालिका पर्यटनक्षेत्रको विकासका लागि प्रदेश सरकार तथा संघीय सरकारसँग थप बजेट माग गरेको नगरप्रमुुख दासले बताए । यसैगरी नगरपालिकाले हरित नगर बनाउने गरी योजना अघि सारेको छ ।

प्रतिक्रिया