पारा तेक्वान्दो टोली भारततर्फ

काठमाडौं । भारतको देहरादुनमा आयोजना हुने प्रथम पारा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा भाग लिन ७ खेलाडीसहित १० जनाको टोली सोमबार त्यसतर्फ प्रस्थान गरेको छ । मंसिर १३ र १४ गते हुने प्रतियोगिताको पुरुषमा रामबहादुर अधिकारी, गोविन्द्र थापा, सोमबहादुर सुनुवार, दिपेश महत र विक्रम श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् । महिलामा पलेशा गोवर्धन र रञ्जना धामीले भाग लिने छन् ।

नेपाल तेक्वान्दो संघका उपाध्यक्ष भानबहादुर चन्दको नेतृत्वमा रहेको टोलीमा, व्यवस्थापकमा तेक्वान्दो संघका सचिव दीपक विष्ट र प्रशिक्षकमा कविराज नेगी लामा रहेका छन् । टोलीलाई नेपाल तेक्वान्दो संघका कार्यवाहक अध्यक्ष सन्जिव रेग्मी, नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठलगायतले सोमबार बिदाइ गरे ।

प्रतिक्रिया