‘ए’ डिभिजन लिग: थ्री स्टार र पुलिसको जित

काठमाडौं । पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत सोमबारको खेलमा रुस्लान थ्री स्टार क्लबले न्यु रोड टिम (एनआरटी) लाई २–० ले पराजित गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा थ्री स्टारले एनआरटीलाई पराजित गर्न निकै संघर्ष गर्नुप¥यो । थ्री स्टारले खेलको ७५औँ मिनेटमा रन्जित धिमालको गोलमा अग्रता लिएको थियो । आशीष बानले गोलरक्षक बिट भइसकेको अवस्थामा अजायी मार्टिन्सलाई पेनाल्टी क्षेत्रभित्र लडाएपछि थ्री स्टारले पेनाल्टी पाएको थियो ।

एनआरटीका गोलरक्षक अजित प्रजापतिले पेनाल्टी बचाए पनि रन्जितले रिबाउन्डमा सहजै गोल गरे । उनले लगातार तेस्रो खेलमा गोल गरेका हुन् । रन्जितले ब्रिगेड ब्वाइज र मनाङविरुद्ध भने पेनाल्टीमा गोल गरेका थिए । पहिलो खेलमा ‘म्यान अफ द म्याच’ भएका अजित भने त्यसपछि दुई खेल बेन्चमा रहेका थिए ।दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा अजायी मार्टिन्सले गोल गर्दै थ्री स्टारको जित पक्का गरे । मिडफिल्डर सुनील बलले दिएको हेडर पासमा मार्टिन्सले हेडमार्फत नै गोल गरेका थिए ।

जितसँगै थ्री स्टारले ४ खेलमा ९ अंक जोडेको छ । एनआरटी भने लगातार तेस्रो हारपछि ४ खेलमा १ अंकमै रहेको छ ।
त्यसैगरी, अर्को खेलमा नेपाल पुलिस क्लबले भ्याली च्यासल युवा क्लबलाई २–० ले पराजित गर्दै ‘पल्सर सहिद स्मारक ए डिभिजन लिग’मा दोस्रो जित दर्ता गरेको छ ।

हल्चोकस्थित एपिएफ रंगशालामा पुलिसका लागि भरत शाह र रवी पासवानले १–१ गोल गरे । पुलिसले पहिलो हाफमा रवी पासवानको गोलमा अग्रता लिएको थियो । उनले ३८औं मिनेटमा गोल गरेका थिए । च्यासलका विश्व अधिकारीले फितलो ब्याकपास दिँदा रवीले बल चोर्दै गोलरक्षक दिनेश थापामगरलाई चिप गर्दै गोल गरेका थिए ।

खेलको निर्धारित समयमा एक मिनेट बाँकी रहँदा पुलिसले अग्रता दोब्बर पा¥यो । पुलिसका लागि भरत शाहले गोल गरे । पुलिसले दोस्रो गोल पनि च्यासलकै गल्तीको फाइदा उठाउँदै गरेको थियो । भरत साहले च्यासलका फ्लोरेन्ट लार्बाले दिएको क्रसफिल्ड बललाई नियन्त्रणमा लिँदै सुन्दर गोल गरे । यस जितसँगै पुलिसको ४ खेलमा २ जित र १ बराबरीले ७ अंक भएको छ । च्यासल भने दोस्रो हारपछि ४ खेलमा ४ अंकमै रहेको छ ।

प्रतिक्रिया