पूर्णमान स्मृति टेबलटेनिस आजदेखि

काठमाडौं । अखिल नेपाल टेबलटेनिस संघको तत्वावधान तथा काठमाडौं जिल्ला टेबलटेनिस संघको आयोजनामा १०औं पूर्णमान बज्राचार्य स्मृति खुला टेबलटेनिस प्रतियोगिता भोली लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा सुरु हुँदैछ ।

प्रतियोगितामा स्कुलतर्फ १२, कलेजमा ६, भेट्रानमा ४, खेल पत्रकारमा २, शारीरिक अपांगमा ४, बहिरा र दृष्टिविहीनमा २–२ तथा पुरुष/महिला सिंगल्स गरी जम्मा ३४ स्पर्धामा प्रतिस्पर्धा हुने आयोजक संघका अध्यक्ष एवं स्व। पूर्णमानका छोरा धर्ममानले जनाएका छन् ।

पुरुष र महिला सिंगल्समा समान नगद पुरस्कार पनि राखिएको छ । पहिलो हुनेले ३० हजार, दोश्रोले १५ हजार र तेश्रो हुने दुई खेलाडीले समान ५–५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन् । मंसिर १५ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न ६ जिल्लाका २ सय ५० खेलाडीको सहभागिता रहने बताइएको छ ।

प्रतिक्रिया