भ्याली पब्लिक र एचएचसीएलाई उपाधि

काठमाडौं । भ्याली पब्लिक कप १३औं अन्तर विद्यालय बास्केटबल प्रतियोगिताको उपाधि आयोजक भ्याली पब्लिक ‘ए’ र एचएचसीएले जितेका छन् । सिनियर छात्रको फाइनल खेलमा भ्याली पब्लिक ‘ए’ ले ड्याफोडिलमाथि ४७/४४ स्कोरको रोमाञ्चक जित निकाल्यो । सिनियर छात्राको फाइनल खेलमा एचएचसीएले ग्रिनल्यान्डलाई ३०/२६ को स्कोरले हराउँदै उपाधि चुम्यो ।

भ्याली पब्लकको जितका लागि राहुल बिकले सर्वा्धिक १८ स्कोर गरे भने एचएचसीएको जितमा अनिता सुनुवारले सर्वाधिक १० स्कोर गरेकी थिइन् । एचएचसिएकी अनिता सुनुवार नै छात्रातर्फको मस्ट भ्यालुएवल प्लेयर चुनिइन् । भ्याली पब्लिकका सुन्दर तामाङले छात्रतर्फको मस्ट भ्यालुएबल प्लेयरको उपाधि जिते । प्रतियोगितामा छात्रातर्फ भद्रकालीकी सिमरन महर्जन तथा छात्रतर्फ ग्रिनल्यान्डका राजु आलेमगर हाईस्कोरर भए ।

प्रतियोगितामा उत्कृष्ट थ्री पोइन्टरमा छात्रातर्फ ग्रिनल्यान्डकी प्रमिला जागरी र छात्रतर्फ ड्याफोडिलका प्राशान्त तामाङ भए । तेश्रो स्थानका लागि भएको खेलमा छात्रातर्फ भद्रकालीले टिआइएलाई २३/१३ र छात्रतर्फ ग्रिनल्यान्डले आयोजक भ्याली पब्लिक बि ३९÷३० को स्कोर हराए ।

प्रतिक्रिया