रत्नजित लगातार सातौँपटक च्याम्पियन

काठमाडौं । आर्मीका रत्नजित तामाङ लगातार सातौँपटक पुष्पलाल स्मृति ब्याडमिन्टन प्रतियोगिताको पुरुष एकलमा च्याम्पियन भएका छन् । आर्मीका रत्नजित शनिबार त्रिपुरेश्वरमा भएको आठौँ संस्करणको फाइनलमा सशस्त्र प्रहरी बल ९एपिएफ० का दीपेश धामीमाथि सोझो सेटमा जित निकाल्दै लगातार सातौँपटक च्याम्पियन हुन सफल भए ।

यस प्रतियोगिताको पहिलो संस्करणमा विकास श्रेष्ठ च्याम्पियन भएपछि भने रत्नजितले वर्चस्व कायम राख्दै आएका छन् । रत्नजितले फाइनलमा दीपेशमाथि २१–११ र २१–१६ को सहज जित निकालेका थिए । रत्नजितले पहिलो सेट सहजै जितेका थिए । दोस्रो सेटमा दीपेशले १६–१२ को अग्रता जोगाउन सकेनन् । ४ स्कोरले पछि परेका रत्नजितले लगातार ९ स्कोर बटुल्दै रोमाञ्चक जित निकाले ।

रत्नजितले ५० हजार र दीपेशले नगद २० हजारसहित ट्रफी प्राप्त गरे । संयुक्त रूपमा तेस्रो भएका आर्मी नवीन श्रेष्ठ र रुकेश महर्जनले नगद १०/१० हजार रुपियाँ हात पारे । महिला एकलतर्पm पनि रत्नजितकै दिदी आर्मीकी नङ्सलदेवी च्याम्पियन भइन् । नङ्सलले फाइनलमा आर्मीकै रसिला महर्जनको चुनौती २–१ ले समाप्त गरिन् ।

नङ्सलले फाइनलमा रसिलामाथि २२–२०, १५,–२१ र २१–१८ को संघर्षपूर्ण जित निकालिन् । उनले ५० हजार र रसिलाले २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे । संयुक्त तेस्रो भएका एपिएफका शोभा गौचन र जेसिका गुरुङले १०÷१० हजार प्राप्त गरे । नेपाल खेलकुद महासंघअन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघको आयोजनामा भएको पुरुष युगलमा पनि रत्नजित र नवीन श्रेष्ठको जोडी च्याम्पियन भए ।

रत्नजित र नवीनको जोडीले फाइनलमा एपिएफका दीपेश र विजित थापामगरको जोडीमाथि २२–२०, २०–२२ र २१–११ को संघर्षपूर्ण जित निकाले । च्याम्पियनले २० हजार र उपविजेताले १० हजार नगद प्राप्त गरे । तेस्रो भएका आर्मीका महर्जन जोडी रुकेश र प्रफुल तथा एपिएफका गौतम कठायत र सुनील जोशीको जोडीले समान ५ हजार रुपैयाँ प्राप्त गरे ।

महिला युगलतर्फ एपिएफका पूजा श्रेष्ठ र जेसिका गुरुङ च्याम्पियन भए । पूजा र जेसिकाले आर्मीका नङ्सल र रसिलाको जोडीलाई २१–१३ र २१–१४ को सोझो सेटमा स्तब्ध बनाए । पूजा र जेसिकाले २० हजार नगद प्राप्त गर्दा नङ्सल र रसिलाले १० हजारमा चित्त बुझाए । तेस्रो भएका जेष्ट ब्याडमिन्टनका सीता राई र सम्झना शर्मा तथा आर्मीकै अमिता गिरी र अनुमाया राईको जोडीले ५/५ हजार प्राप्त गरे ।

यु–१७ ब्वाइजतर्पm दुबई जुनियर अन्तर्राष्ट्रिय सेरिजमा स्वर्ण पदकधारी सिल्क ग्रुपका प्रिन्स दाहाल च्याम्पियन भए । प्रिन्सले फाइनलमा आर्मीका दिवस शंकरमाथि २१–१६ र २१–१५ को सहज जित निकाले । प्रिन्सले १५ हजार र दिवसले ७ हजार नगद प्राप्त गरे । संयुक्त तेस्रो भएका जेष्टका प्रियान्सुसिंह क्षेत्री र पेम्बा शेर्पाले नगद ५÷५ हजार प्राप्त गरे ।

यु–१७ गल्र्सतर्पm भने रसिला च्याम्पियन भइन् । रसिलाले फाइनलमा आर्मीकै रञ्जना भट्टराईमाथि २१–५ र २१–५ को सहज जित निकाल्दै प्रतियोगितामा दोस्रो उपाधि जितिन । रसिलाले १५ हजार र रञ्जनाले ७ हजार प्राप्त गरे । संयुक्त तेस्रो भएका मोरङका रोज पाण्डे र सीमा राजवंशीले नगद ५/५ हजारसहित ट्रफी प्राप्त गरे ।

मास्टर्स ४५ वर्षमाथि आर्मीका सुभास श्रेष्ठ र भूमि गुरुङको जोडीले बाजी मा¥यो । सुभास र भूमिको जोडीले फाइनलमा जेष्टका नवीनबाबु श्रेष्ठ र श्याम पराजुलीको जोडीमाथि १६–२१, २१–१६, २१–१६ को जित निकाल्यो । च्याम्पियनले २० हजार र उपविजेताले १० हजार प्राप्त गरे । संयुक्त तेस्रो भएका जेष्टका अनुज पौडेल र प्रेम घले तथा ललितपुरका सुनीलमान शाक्य र पूर्णभक्त चित्रकारको जोडीले समान ५/५ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया