खोप लगाउनु त यसरी

‘खोप लगाइसकेपछि सामान्य ज्वरो आउन सक्छ । २४ घण्टापछि आफैँ ठीक हुँदै जान्छ ।’ खोप प्रमाणपत्र कार्डमा यी जानकारी लेखिएको हुन्छ । तर, भ्याक्सिनेटर हरि घिमिरेले लगाएको खोपले आजसम्म बालबालिकालाई कुनै संक्रमण भएको छैन ।

‘उनी खोप लगाउँदा हातलाई कपासजस्तो हल्का पार्छन् । हल्का रूपले खोपको मात्र दिन्छन् । जति हल्का रूपले खोप दियो बालबालिकालाई दुःखाइ कम हुने रहेछ । खोप लगाउँदा नदुखाउने उनको अनौठो कला र सीप छ’ अभिभावक एकैस्वर उनको प्रसंशा गर्दै भन्छन् ।

करिब ३२ वर्षको अवधिमा भ्याक्सिनेटर घिमिरेले लगाएका खोपले बालबालिकालाई कुनै संक्रमण भएको छैन । ‘मैले स्वास्थ्य मन्त्रालयबाट खोप तालिम लिई ०४२ सालको अन्त्यतिरबाट खोप लगाउन सुरु गरेको हुँ । यस अवधिमा करिब करिब १५ लाखभन्दा बढी पटक बालबालिकालाई खोप लगाइसकेँ । आजसम्म मेरो बालबालिकालाई संक्रमण भयो भनेर क्लिनिकमा अभिभावक गुनासो गर्न आएका छैनन,’ नेपाल परिवार नियोजन संघ, मोरङ शाखाद्वारा सञ्चालित परिवार स्वास्थ्य क्लिनिकमा कार्यरत घिमिरेले भने ।

संघले खोप सेवाका साथमा सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा प्रदान गर्दै आएको छ

उनले क्लिनिकमा सेवा दिन थालेको ३३ वर्ष वित्न लाग्यो । उनका हातबाट खोप लगाउन क्लिनिकमा अहिले अभिभावकको भीड लाग्ने गर्दछ । विराटनगर जतुवाबाट आफ्नी नातिनीलाई खोप लगाउन आएकी शान्ति राजवंशी भन्छिन्, ‘मैले मेरो छोरालाई पहिला यही सुई (खोप) लगाएको थिए । त्यतिवेला केही भएन । अहिले नातिनीलाई पनि सुई लगाएँ । यी डाक्टरले सुई लगाउँदा नानी धेरै रुन्नन् । सुई दिएको ठाउँमा पाक्दैन र सुनिँदैन पनि ।’ उनले आफ्नो विश्वास र अनुभव सुनाइन् ।

बालबालिकालाई खोप सेवा लिन आउने प्रायः अभिभावक दोस्रो पुस्ताका बढी भेटिएका थिए । खातुन परिवारबाट पहिलो नर्स बनेकी विराटनगर शान्तिचोककी अप्सरा खातुन निजी अस्पतालमा सेवा गर्छिन् । ‘सासू आमाले मेरो श्रीमानलाई यही खोप लगाउनुभएको रहेछ । अहिले यहाँ जाउ भन्नुभयो । छोरालाई खोप लगाए । निजीको भन्दा सेवा छिटो छ’ उनले भनिन् ।

संघले खोप सेवाका साथमा सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा प्रदान गर्दै आएको छ । संघ यी सेवा दिने जिल्लाको सबैभन्दा पुरानो र लोकप्रिय गैरसरकारी सस्था हो । क्लिनिकमा कार्यरत चिकित्सक ऋतु चौधरीका अनुसार ती सेवा लिन प्रायः सेवाग्राही अन्यत्र जाँदैनन् । क्लिनिकमा सेवा लिन दैनिक भीड लाग्ने गर्दछ ।

संघका जिल्ला शाखा व्यवस्थापक शंकर दाहाल भन्छन्, ‘खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनका सेवा गुणस्तरीय र छिटो दिन्छाँै । सेवाग्राहीको सन्तुष्टि पहिलो प्राथमिकतामा छ ।’

बालबालिकालाई खोपका साथमा भ्याक्सिनेटर घिमिरेले महिलालाई परिवार नियोजनको तीन महीने सुई तथा गर्भवती महिलालाई धनुस्टंकार तथा भ्यागुते रोगविरुद्धको टिडी खोप सेवा दिँदै आएका छन् । ‘मानवीय सेवाभन्दा ठूलो धर्म अरू केही छैन । मैले पैसाभन्दा सेवालाई उच्च सम्झेको छु । मेरो कामले अभिभावक खुसी र सन्तुष्ट छन् । सम्मानले हर्छन् । मेरा लागि यही ठूलो कमाइ हो, होइन र ?’ उनले प्रश्न गर्दै भने ।

दुई वर्षभित्रका बालबालिकालाई क्षयरोगविरुद्धको बिसिजी, भ्यागुते रोग, लहरेखोकी, धनुस्टंकार, हेपाटाइटिस बी, हेमाफिलस बी बाट हुने क्वेक्टे रियल मेनिनन्जाइटिस र निमोनियाविरुद्धको डिपिटी र हेपाटाइटिस बी हिव, पोलियोमाइलाइटिस विरुद्धको पोलियो (ओपिभी), निमोनियाविरुद्धको पिसिभी, दादुरा रुवेला, जापानी इन्सेफलाइटिसलगायतका १० प्रकारका खोप अनिवार्य लगाउनुपर्छ । बिसिजी खोप दाहिने हातको मासुभित्र, डिपिटी र पिसिभी देब्रे तिध्राको माथिल्लो भागमा लगाइन्छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको उच्च प्राथमिकताको कार्यक्रमभित्र खोप, सुरक्षित गर्भपतनलगायत परिवार नियोजनका कार्यक्रम पर्दछ । प्रदेश–१ स्वास्थ्य निर्देशनालयका वरिष्ठ जनस्वास्थ्य अधिकृत तोयनाथ घिमिरे सरकारी निकायको समन्वयमा संघले प्रदान गर्ने गरेका स्वास्थ्य सेवाको योगदान उच्च रहेको बताउँछन् ।

‘खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजनजन सेवामा संघले जन विश्वास आर्जन गरिसकेको छ । आगामी दिनमा सरकारले संघसितको सहकार्यलाई अझ बलियो बनाउँछ,’ उनले भने ।

अर्काेतर्फ विराटनगर महानगरपालिकाले आर्थिक अभावमा अकालमा कसैले मृत्युवरण गर्न नपरोस् भन्ने मुख्य ध्येयका साथमा आफ्ना स्वास्थ्यका कार्यक्रम अगाडि बढाएको छ । महानगरभित्र दुई स्थानमा नगर स्वास्थ्य प्रवद्र्धन केन्द्र आफैँले सञ्चालनमा ल्याउन गृहकार्य अगाडि बढाएको छ । १५÷१५ श्यया क्षमताका केन्द्रका सबै सेवा निःशुल्क हुने जनाएको छ । यसका लागि चार करोड रुपैयाँ विनियोजन भएको महानगरप्रमुख भीम पराजुलीले जानकारी दिए ।

उनका अनुसार महानगरपालिकाभित्र रहेका २१ वटा सुत्केरी सेवा केन्द्र (वर्थिङ सेन्टर) लाई थप उपकरण, जनशक्ति तथा औषधि क्षमतायुक्त तथा नेपाल परिवार नियोजन संघसितको सहकार्यका खोप, सुरक्षित गर्भपतन, यौन तथा प्रजनन स्वास्थ्य, गर्भवती जाँच, एचआइभी परीक्षण तथा परिवार नियोजन सेवाको पहुँच पु¥याइने छ । ‘यी सेवा दिने पुरानो संस्था संघ हो, उसको क्षमता विस्तार पनि महानगरपालिकाले सहयोग गर्छ’ उनले भने ।

महानगरपालिकाले स्वास्थ्य संस्थामा नै गर्भवती परीक्षण गराई सुत्केरी भई छोरी जन्मिएमा तीन हजार रूपैयाँ तथा शिक्षाका लागि छोरीलाई अध्ययन गराउन २५ हजार रूपैयाँ नगद सहयोगको सुरुआत गरेको छ । तर यसका लागि महानगरपालिकाको एउटै शर्त छ, महिलाले २० उमेरपछि मात्र बच्चा जन्माउनुपर्छ ।

विराटनगर आँखा अस्पतालको सहकार्यमा महानगरपालिकाले निःशुल्क आँखा उपचार सेवा सुरुआत गरिसकेको छ । उपप्रमुख इन्दिरा (इन्दु) कार्कीले भनिन्, ‘महानगरपालिकालाई मोतियाविन्दुरहित बनाउँछौँ, हरेक विद्यालय तथा समुदायमा पुगी निःशुल्क आँखा जाँच गरी उपचार गर्छाैं ।’

उनका अनुसार महानगरपालिकाले महानगरभित्रका सरकारी तथा निजी सबै विद्यालय अनिवार्य छात्रा मैत्री शौचालय हुनुपर्ने व्यवस्था लागू गरिसकेको छ । साथै छात्राका लागि निःशुल्क स्यानेटरी प्याडको व्यवस्था मिलाएको छ । ‘विराटनगरका सडकलाई चिल्ला पार्ने अभियानमा छौँ, चिल्ला सडकमा हिँड्ने नगरवासीको स्वास्थ्य अवस्था सुदृढ पार्दैछौँ’ प्रमुख पराजुलीले भने ।

निजी क्षेत्रका स्वास्थ्य सेवा (श्ययासहित अन्य सेवा) दश प्रतिशत निःशुल्क हुनुपर्ने प्रावधानलाई महानगरपालिकाले कठाइका साथ अनुगमन तीव्रता बनाएको छ । अर्काेतर्फ महानगरपालिकाभित्र स्वास्थ्य महाशाखाको नेतृत्व १० तहका चिकित्सकबाट हुनुपर्नेमा अधिकृत स्तरबाट भइराखेको छ ।

प्रतिक्रिया