नेपालकै पहिलो ‘हरित होटल’

बाँके । सुविधा सम्पन्न तारे होटलमा प्रायः बढी ऊर्जा खपत हुन्छ । ती होटलबाट धेरै मात्रामा कार्बनडाइअक्साइड उत्सर्जन हुँदा ऊर्जाको भार बढनुका साथै वातावरणीय असर पनि पुर्याएको हुन्छ तर यहाँको भुजइगाउँ, वासुदेवपुरमा तारे होटलकै रूपमा सञ्चालन भइरहेको ‘सोल्टी वेस्टेन्ड प्रिमियर’ वातावरण अनुकूल छ ।

यो होटल नेपालकै पहिलो हरित (ग्रिन) होटल मानिएको छ । हेर्दा सामान्य होटलजस्तै देखिए पनि यसले अपनाएको प्रविधि पूर्ण वातावरणमैत्री छ । कार्बनडाइअक्साइड उत्पादन नगर्ने नेपालको पहिलो होटल भनी दाबी गरिएको छ । ‘जिरो कार्बन फुटप्रिन्ट’, एसिरहित, वातावरण अनुकूलका लागि रेडियन टेक्नोलोजीको प्रयोग गरिएको होटलमा फोहोर व्यवस्थापन प्रविधिले फोहोर प्रशोधन गरी तरल पदार्थलाई पानीका रूपमा प्रयोग गर्छ भने ठोस वस्तुलाई मलखादका रूपमा प्रयोग गर्दै आएको छ ।

विद्युत्मा मितव्ययिता अपनाइएको उक्त होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तथा तातोमा बस्न नसक्नेहरूका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेरभित्र पठाउने र सोही हावाबाहिर जाँदा अझ सफा गरेर पठाइन्छ

वातावरण जोगाउने उद्देश्यले युएस ग्रिन बिल्डिङ काउन्सिलको सुपरीवेक्षणमा होटल निर्माण भएको महाप्रबन्धक इन्द्र खड्काले बताए । उनका अनुसार होटलको संरचना, होटल बन्ने क्षेत्रलगायत सबै उक्त काउन्सिलको मापदण्डमा आधारित र काउन्सिलले पनि प्रिमियरलाई कार्बनडाइअक्साइड उत्पादन नगर्ने होटलको श्रेणीमा सिल्भर क्याटागोरीअन्तर्गत राखेको छ ।

हालै उक्त प्रमाणपत्र होटलले हात पारेको हो । एलइडी बत्ती, एसीको सट्टामा रेडिएन टेक्नोलोजीको प्रयोग गरिएकोे छ । फोहोर, बत्ती, एसी, पानी व्यवस्थापन त्यही मापदण्डअनुसार छ । रेडियन प्रविधि खासगरी युरोपियन जर्मनी र क्यानाडालगायत मुलुकका होटलमा छ ।

मानिसको खानपान र बसाइँमा परिवर्तन आइसकेको तथा स्वस्थकर खानपान र स्वच्छ वातावरणमा बस्न चाहनेका लागि र आउँदो पुस्तालाई पनि प्रेरणा मिलोस् भनेर नयाँ प्रविधि सुरु गरिएको महाप्रबन्धक खड्काको भनाइ छ ।

विद्युत्मा मितव्ययिता अपनाइएको उक्त होटलमा स्वास्थ्य वातावरणका साथै चिसो तथा तातोमा बस्न नसक्नेहरूका लागि उपयोगी पनि छ । बाहिरबाट आएको हावालाई प्रशोधन गरेरभित्र पठाउने र सोही हावाबाहिर जाँदा अझ सफा गरेर पठाइन्छ । चुलोबाट निस्कने धुँवालाई कार्बनरहित बनाइन्छ ।

जर्मनी प्रविधि भए पनि यसको व्यवस्थापन नेपाली इन्जिनियरले गरेका हुन् । होटलका इन्जिनियर सुमन बाच्छा अहिलेको समकालीन विश्व वातावरण र जलवायु परिवर्तनको मुद्दा जल्लोबल्दो रहेको सन्दर्भमा पर्यावरण सन्तुलन कायम गर्ने उद्देश्यले यो प्रविधि अपनाइएको उल्लेखित गरे ।

ऊर्जा बचतका लागि एलइडी बत्ती प्रयोग गरिएको छ भने कोठाका झ्याल फराकिला छन् । जाडो महिनामा तातो र गर्मी महिनामा चिसो हुने स्वचालित रेडियन प्रविधि जडान गरिएको छ । नागबेलीजस्तो पानीको पाइपको कुलर बनाइएको छ । छिडरले पानी प्रत्येक कोठामा पठाउँछ । ठाउँठाउँमा सेन्सर जडान गरिएको छ ।

भवनमा व्यवस्थापन प्रणाली छ, भित्र तातो चिसोे कति तापक्रममा छ भन्नेकुरा सहजै थाहा पाउन सकिन्छ । यसका लागि साढे ५ लाख लिटरको पानी ट्याङ्की राखिएको छ । फायर फाइटिङका लागि ५० लाख लिटर पानी स्टक गरिएको छ । करिब ३८ कठ्ठा क्षेत्रफलमा निर्माण गरिएको सो होटल र काठमाडौंस्थित सोल्टी होटलको पहिलो भगिनी होटल हो ।

१ अर्ब २५ करोडभन्दा बढी खर्च भइसकेको सो होटलमा बार, रेस्टुराँ, ब्याङक्वेटका अलावा सेवाग्राहीले स्पा, जिम, स्टिम बाथ र स्विमिङपुलको सुविधा लिन सक्छन् । अबको एक

महिनाभित्रै क्यासिनो सुरु गरिने उक्त होटलका सञ्चालकले बताए ।

प्रतिक्रिया