प्रथम जागौँ युवा क्रिकेटको उपाधि अकलालाई

दमौली । जागौंँ युवा नेपाल तनहुँले आयोजना गरेको प्रथम जागौंँ युवा क्रिकेटको उपाधि व्यास नगरपालिका–१ गल्बुबेंसीस्थित अकला युवा क्लबले जितेको छ ।  व्यास–१० स्थित बैरेनीमा मंगलबार भएको फाइनल खेलमा व्यास–१२ शेरास्थित मनकामना युवा क्लबलाई एक विकेटले पराजित गर्दै अकलाले उपाधि जितेको हो । प्रतियोगितामा विजेता र उपविजेता टोलीले क्रमशः २५ हजार र १२ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

उक्त पुरस्कार यही कात्तिक ३० मा तनहुँको दमौलीमा आयोजना हुने आदिवासी जनजाति सांस्कृतिक महोत्सवको अवसरमा प्रदान गरिने जागौंँ युवा नेपाल तनहुँका सचिव सागर घिमिरेले जनाए । कात्तिक १६ देखि सुरु भएको प्रतियोगितामा १० टोलीको सहभागिता थियो ।

प्रतिक्रिया