चुनावी अठोट पूरा हुन्छः अध्यक्ष दाहाल

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकप)का अध्यक्ष पुष्पकमल दाहाल‘ले राष्ट्रको विकास र जनताको दीर्घकालीन उन्नति हुने सोचका साथ सरकार तीव्र गतिमा अघि बढिरहेको बताएका छन् । उनुभएको छ ।

विराटनगर विमानस्थलमा सोमबार पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा उनले सो कुरा बताउँदै सरकारले चुनावका बेला जनतासँग गरेको अठाट र घोषणा पाँच वर्षभित्रमा पूरा गर्ने बताएका छन् । सो अवसरमा अध्यक्ष दाहालले पार्टीमा भोलि आउन सक्ने समस्यालाई अहिले नै निराकरण गर्ने उद्देश्यले तल्लो तहसम्मको एकतामा ढिलाइ भएको बताए ।

केन्द्रमा विवाद भएर पार्टी एकतामा ढिलाइ भएको नभइ यसका लागि बनेको कार्यदलको सुझावअनुसार नै पार्टी अघि बढ्ने भएकाले केही ढिलो भएको हो भन्दै उनले पार्टीका दुवै अध्यक्षबीच सहमति र सल्लाहअनुसार नै काम भइरहेको जानकारी दिए ।

सरकार पुनःगठन गर्ने कुनै सम्भावना नरहेको र मन्त्रीहरुको काममा गति बढाउन मात्र जोड दिइएको चर्चा गर्दै अध्यक्ष दाहालले वर्षा सकिएकाले अब सरकारको काममा तीव्रता आउने धारणा व्यक्त गरेका छन् ।

सरकारको लोकप्रियता घटेको हो कि भन्ने प्रश्नको जवाफमा लोकप्रियता खोज्नेभन्दा पनि राष्ट्र र जनताको वृहत्तर हितका लागि वर्तमान सरकार दीर्घकालीन फाइदा हुने काममा लागेको बताए ।

प्रतिक्रिया