बर्दियामा गोली लागेर एकको मृत्यु

फाइल तस्बिर

बर्दिया । बर्दियामा अज्ञात समुहको गोली लागेर एक जनाको मृत्यु भएको छ ।

नेपाल–भारत सीमा क्षेत्रमा पर्ने बर्दियाको बढैयाताल–३ का मोहन खटिकको गोली लागेर मृत्यु भएको स्थानीयले बताएका छन् ।

घटनाका बारेमा जिल्ला प्रहरी कार्यालय बर्दियाले भने स्थानीयले दाबी गरेजस्तो गोली लागेको पुष्टि नभएको जनाएको छ । घटना के कसरी भएको अनुसन्धान पछि मात्रै थाहा हुने प्रहरीले बताएको छ ।

मृतकका परिवारका अनुसार ३५ वर्षीय खटिकलाई आइतबार बिहान घरमै सुतिरहेको बेला अज्ञात समूहले पेटमा गोली हानेको थियो । गोली हान्नेले उनको साथमा रहेको ५० हजार रुपैयाँ पनि लुटेर लगेको परिवारले जनाएका छन् । खटिकको नेपालगञ्ज नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको हो ।

प्रतिक्रिया