सेयर किन्दा नपरेको रकम फिर्ता

नीता राउत, दोलखा । माथिल्लो तामाकोसी हाइड्रोपावरले सेयर बाँडफाँड गर्दा नपरेको रकम सोमबारदेखि फिर्ता गर्ने भएको छ । माथिल्लो तामाकोसी हाइड्रोपावर कम्पनीले सोमबारदेखि प्राथमिक सेयर ९आइपिओ० बाँडफाँडमा नपरेको रकम फिर्ता दिने भएको हो ।

कम्पनीले गत साउन १६ गतेदेखि भदौ २१ गतेसम्म आवेदन दिएका दोलखाली सर्वसाधारणको पैसा फिर्ता गर्न लागेको हो । सेयर बाँडफाँडका क्रममा बाँकी रहेको रकम लगानीकर्ताले सेयर आवेदन फारममा उल्लेख गरेको बैंक तथा वित्तीय संस्थाको खाताबाटै फिर्ता पाउनेछन् । खातामा पैसा फिर्ता नभएमा लगानीकर्ताले आफूले आवेदन दिएको बैंक तथा वित्तीय संस्थामा गएर चेकमार्फत् रकम फिर्ता लिन सक्नेछन् ।

सेयर खरिदका लागि दोलखावासीले ३ हजार देखि ३० हजारसम्मको आवेदन दिएका थिए । नागरिक लगानी कोषको निष्कासन तथा बिक्रि प्रबन्धकत्व, सनराइज क्यापिटल लिमिटेडको सह निष्कासन तथा बिक्री प्रबनधकत्वमा आह्वान गरिएको १ करोड, ५ लाख ९० हजार कित्ता सेयरमध्ये बुधबार १ करोड, ५८ लाख ८ हजार ४ सय २ कित्ता सेयर बाँडफाँड गरेको थियो ।

जसअनुसार अतिप्रभावित ‘क’ वर्गमा पर्ने दोलखालीको लागि ५ लाख १० हजार ९ सय ५० कित्ता सेयर बाँडफाँड भएको थियो । त्यसैगरी आयोजनाबाट प्रभावित ‘ख’ वर्गमा पर्ने दोलखालीको लागि ३७ लाख ७७ हजार ५ सय ८६ कित्ता सेयर बाँडफाँड भएको थियो भने ‘ग’ वर्गमा पर्ने दोलखालीको लागि ६२ लाख ९९ हजार ८ सय ६६ कित्ता सेयर बाँडफाँड भएको थियो ।

प्रतिक्रिया