पूर्वमन्त्री पद्मरत्न तुलाधरको निधन

काठमाडौं । पूर्वमन्त्री तथा वामपन्थी नेता पद्म रत्न तुलाधरको ८९ वर्षको उमेरमानिधन भएको छ । उनको आइतबार नर्भिक अस्पतालमा निधन भएको हो ।

स्वास्थ्यमा समस्या आएपछि उनलाई कात्तिक ९ गते माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमा भर्ना गरिएको थियो । चिकित्सकहरुका अनुसार तुलाधरलाई मस्तिष्कघात भएपछि अस्पताल लगिएको थियो ।

तुलाधरमा मुटुको समस्या पनि थियो । मुुटुको धमनीमा अवरोध भएपछि एन्जियोप्लास्टि गरेर स्टेन्ट प्रत्यारोपण गरिएको थियो । त्यस्तै उच्च रक्तचाप र मधुमेहको समस्याबाट पनि पीडित उनमा पछिल्लो समय फोक्सोमा पनि समस्या देखिएको थियो ।

मष्तिस्कघात भएका कारण कात्तिक ९ गते अन्नपूर्ण न्युरो अस्पताल भर्ना गरिएको उनको मृगौलाले काम गर्न छाडेपछि ५ दिनअघि नर्भिक अस्पताल लगिएको थियो । नर्भिकमा दुई तीन पटक डायलासिस गरिएको थियो ।

तुलाधरलाई नर्भिकमा डा. पंकज जलान, डा. रमेश चोखानी डा. यादव भट्टलगायतको चिकित्सकको टिमले स्वास्थ्य जाँच गरेको थियो ।

आइतबार मुटु र फोक्सोले पनि काम गर्न छाडेपछि उनको निधन भएको अस्पतालले जनाएको छ ।

प्रतिक्रिया