संक्रमण फैलिएपछि प्रधानमन्त्री सिसियुमा भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई मृगौला प्रत्यारोपणपछि सताइरहने संक्रमणले पुनः ग्रस्त बनाएपछि त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ । सोमबार बिहान साढे चार बजेतिर उनलाई त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर पुर्याइएको थियो ।

अस्पतालका अनुसार ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख भए पनि स्थिर रहेको छ । उनकोे शरीरमा ‘लोयर रेस्पिरेटरी ट्राक इन्फेक्सन ‘एलआरटिआइ’ का कारण सुगरको मात्रा असन्तुलित भएकाले ‘एन्टी बायोटिक इन्सुलेन्स’ दिई सूक्ष्म अवलोकनका लागि राखिएको हो ।

‘उहाँको पछिल्लो परीक्षणका रिपोर्टहरू सुधारोन्मुख रहेको र स्वास्थ्य स्थिति स्थिर रहेको जानकारी गराइन्छ’ सेन्टरका कार्यकारी निर्देशक प्राडा उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए । प्रधानमन्त्री ओलीको उपचारमा डा. अरुण सायमीको नेतृत्वमा डा. दिब्या सिंह शाह, डा. सन्तकुमार दासको टोली संलग्न छ ।

डा. सायमीका अनुसार प्रधानमन्त्री ओलीको शरीरमा चिनी (सुगर) को मात्रा आइतबार राति ३ सय मिलिग्राम देखिएकामा अहिले क्रमशः सन्तुलित हुन थालेको छ । ‘प्रधानमन्त्रीको स्वास्थ्यस्थिति स्थिर र सुधारोन्मुख छ, अहिले जुन कारणले भर्ना गरिएको हो सबै सुधार रहेको छ,’ डा. सायमीले अगाडि भने, ‘अहिले राम्रो भइरहेको छ । छातिको इन्फेक्सनल भाइरल ज्वरोले भएको हो, अब सुधार हुँदैछ, सुगर पनि अहिले स्थिर छ, औषधि दिइरहेका छौँ ।’

प्रधानमन्त्रीलाई उपचारका लागि विदेश लैजानुपर्ला कि भन्ने पत्रकारको जिज्ञासामा उनका निजी चिकित्सक डा. सिंहले शिक्षण अस्पतालको ‘अब्जर्भेसन’ पछि यसबारेमा थाहा हुने प्रतिक्रिया दिइन् । ‘सुगर निकै बढ्यो । इन्सुलिन दिए पनि समय समयमा सुगर चेक गर्नुपर्ने हुन्छ । त्यसैले अस्पताल ल्याएका हौँ’, सिंहले भनिन्, ‘संक्रमण देखिएको अवस्थामा एन्टिबायोटिक दिन पनि अस्पतालमै सजिलो हुन्छ ।’

ओलीको स्वास्थ्य अवस्थामा सिसियुमा राख्नु नपर्ने भए पनि किड्नी प्रत्यारोपण गरिसकेको बिरामी भीडबाट जोगिनुपर्ने भएकाले सिसियु उत्तम विकल्प भएको उनको भनाइ छ । ‘सिसियु चाहिने अवस्था भएर राखेको होइन’, उनले भनिन्, ‘सम्भावित संक्रमणबाट बच्न बढी सावधानी अपनाइएको हो । उहाँको स्वास्थ्यमा सुधार आएको छ ।’

संक्रमण बढ्ने खतरा भएपछि सीमित व्यक्तिबाहेक अन्यसँगको भेटघाटलाई पूर्णता बन्द गरिएको छ । प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा. कुन्दन अर्यालले मौसमी रुघाखोकी र हल्का ज्वरो कम नभएकाले प्रधानमन्त्री ओली बिहान आफैँ गाडीमा बसेर अस्पताल गएकाले स्वास्थ्य अवस्था गम्भीर नरहेको बताए ।

राजधानीमा बढेको चिसोसँगै ओलीलाई शुक्रबारदेखी नै सामान्य रुघाखोकी र भाइरल ज्वरोले च्यापेको थियो । स्वास्थ्य अवस्था बिग्रिएपछि शुक्रबार बोलाइएको मन्त्रिपरिषद् बैठक स्थगित गरेर उनका निजी चिकित्सक शाह लगायतको टोलीले चेकअप गर्यो । चेकअप गरेपछि चिकित्सकले संक्रमण फैलन सक्ने भएकाले भिडभाडमा नजान तथा खानपानमा विशेष ध्यान दिई आराम गर्न सुझाव दिए ।

चिकित्सककै सुझावका अनुसार नेपाल कम्युनिस्ट पार्टीले पहिलोपटक आयोजना गरेको चियापानमा सहभागी हुन पाएनन् । चियापानमा सहभागी नभएपछि ओली अस्वस्थ्य रहेको खबर सार्वजनिक भएको थियो ।

स्वास्थ्य समस्या सामना गरिरहेका प्रधानमन्त्रीलाई आइतबार अपरान्हको मन्त्रिपरिषद् बैठकपछि झनै गाह्रो भएको हो । अति आवश्यक निर्णय गर्नेपर्ने बाध्यता भएका कारण बोलाइएको मन्त्रिपरिषद् बैठकमा ओली १० मिनेटजति सभागी भएका थिए ।

राष्ट्रपतिको कतार भ्रमण स्वीकृत गर्नुपर्ने र मलेसियासँगको श्रम सम्झौतामा सम्बन्धित मन्त्रालयलाई अख्तियार दिनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक डाकिएको थियो । तर, सो बैठकपछि उनमा संक्रमण बढेको थियो ।

‘आइतबार दिउँसोसम्म स्थिति त्यति गम्भीर थिएन । साँझपख मन्त्रिपरिषदको बैठकका कारण एक्जर्सन बढ्यो’, ओलीको उपचारमा संलग्न एक चिकित्सकले भने, ‘राति श्वास प्रश्वासमा समस्या बढ्यो, घ्यार–घ्यार हुन थालेपछि बालुवाटारमा औषधी दिएको थियो ।’

एन्टिबाइटिक औषधीका कारण आइतबार मध्यराति ओलीको शरीरमा सुगरको मात्रा असन्तुलित बनेको थियो । चिकित्सकहरूका अनुसार रुघाखोकी र ज्वरोबाट गुज्रिरहेका उनको शरीरमा सुगर मात्रा बढेपछि सोमबार बिहान ४ बजे अस्पताल लाने निर्णय गरिएको हो । चिकित्सक सायमीका अनुसार प्रधानमन्त्री ओलीलाई अझै केही दिन अस्पतालमै राखेर उपचार गरिने भएको छ । केही दिन अस्पतालमै ‘अब्जर्भेसन’ राखि उपचार गरिने र संक्रमण घटेमा डिस्चार्ज गरिने उनको भनाइ छ ।

चिकित्सकको जिद्दीले अस्पताल आएँ

काठमाडौं । प्रधानमन्त्री ओलीले छातीमा केही समस्या आएको र चिकित्सकको सुझाव एवं जिद्दीका कारण अस्पताल भर्ना भएको बताएका छन् । स्वास्थ्यमा क्रमिक सुधार आएकाले केही दिनमा सञ्चो हुनेसमेत बताए ।

अस्पतालको सिसियुमा स्वास्थ्य अवस्था बुझ्न पुगेका नेकपाका नेता माधवकुमार नेपालसँगको भेटमा ओली सो कुरा बताएका हुन् । स्वास्थ्य अवस्था बुझेपछि नेता नेपालले भने, ‘मैले प्रधानमन्त्री ज्यूलाई स्वास्थ्य अवस्था कस्तो छ भनेर सोधे, उहाँले श्वासप्रस्वासमा समस्या आयो, छातीमा अलि गाह्रो भो, अहिले त्यसैको उपचार भइरहेको छ ।’

नेता नेपालले चिकित्सकको जिद्दीले गर्दा चियापानमा चाहेर पनि उपस्थित हुन नसकेको बताएको संचारकर्मीलाई जानकारी गराए । ‘चिकित्सकले जिद्दी गर्नुभो, मत चियापानमा आउन सकिन, अब सञ्चो होला भन्नुभो,’ नेपालले भने ।

यसैबीच, परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीको स्वास्थ्प्रधानमन्त्रीको स्वास्थ्य अवस्था स्थिर ।

प्रतिक्रिया