राष्ट्रपति विद्या भण्डारी कतार प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्या भण्डारी चार दिने औपचारिक भ्रमणका लागि कतार प्रस्थान गरेकी छिन्।

राष्ट्रपति भण्डारीलाई त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति नन्दबहादुर पुनले विदाइ गरेका थिए । उनको सम्मानमा नेपाली सेनाले सलामी दिएको थियो । उनी सोमबार बिहान बिहान साढे ११ बजे त्यस तर्फ प्रस्थान गरेकी हुन्।

कतारका अमिर सेख तमिम विन हमाम अल थानीको निमन्त्रणामा राष्ट्रपति भण्डारी कतार प्रस्थान गरेकी हुन् । राष्ट्रपति भण्डारीको भ्रमणलाई आइतबार बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत गरेको थियो ।

राष्ट्रपति भण्डारीले कार्तिक १५ गतेसम्म कतारको भ्रमण गर्ने तालिका रहेको छ । राष्ट्रपतिको भ्रमणले नेपाल र कतारबीच द्विपक्षीय सहयोग सम्बन्ध सुदृढ हुने विश्वास गरिएको छ ।

त्यसै गरी कृषि तथा पशुपंक्षी विकास, स्वास्थ्य, सुरक्षा सहयोग, प्रेस तथा सूचना, र कुटनीतिक राहदानी बाहकलाई प्रवेशाज्ञा छुट दिने समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया