प्रधानमन्त्री ओली अस्पताल भर्ना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भर्ना भएका छन् ।

शनिबारदेखि अस्वस्थ भएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा थप समस्या देखिएपछि सोमबार बिहान अस्पताल भर्ना भएका हुन् ।

उनलाई सोमबार बिहान साढे २ बजे टिचिङ अस्पताल पुर्याइएकाे थियो । उनको शिक्षण अस्पतालभित्र रहेको मनमोहन हार्ट सेन्टरमा राखेर उपचार भइरहेको छ ।

प्रधानमन्त्री ओलीको उपचारमा मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएको छ ।

अस्पताल स्रोतका अनुसार प्रधानमन्त्री ओलीलाई श्वासप्रश्वासमा समस्या आएपछि अस्पताल ल्याइएको हो । उनको स्वास्थ्य अहिले सामान्य छ । स्रोतका अनुसार प्रधानमन्त्री ओललाई १–२ दिन चिकित्सकको निगरानीमै राखिनेछ ।

प्रधानमन्त्री ओली अस्वस्थ भएका कारण केही दिनदेखि घरमै आराम गरिरहेका थिए । स्वास्थ्यकै कारण उनी नेकपाले शनिबार आयोजना गरेको चियापान कार्यक्रममा समेत सहभागी भएनन् ।

प्रतिक्रिया