आलु रोप्ने बेला मल अभाव

इलाम । हिउँदे आलु रोप्ने याममा डिएपी मलको अभाव भएको छ । मल अभाव भएपछि किसान समस्यामा परेका छन् ।

मल बिक्री गर्दै आएको कृषि सामग्री संस्थान इलामस्थित डिपो एक महीनादेखि रित्तो छ । ग्रामीण भेगमा मल बिक्री गर्दै आएका विभिन्न सहकारी संस्थाले डिएपी मलको माग गर्दै आएको कृषि सामग्री संस्थान कार्यालयका प्रमुख गोमा राईले बताए । उनले भने ‘तिहारपछि मात्रै डिएपी मल उपलब्ध गराउन सक्छौँ ।’

संस्थानले जिल्लाका ४३ सहकारी संस्थामार्फत मल बिक्री गर्दै आएको छ । एक पटकमा एउटा सहकारीलाई युरिया, डिएपी र पोटास एक÷एक बोरा उपलब्ध गराउँदै आएको छ । जिल्लामा युरिया प्रतिबोरा रु एक हजार १४, डिएपी रु दुई हजार ३६४ र पोटास रु एक हजार ६६४ मा डिपोबाट बिक्री गरिँदै आएको छ । युरिया ७५ मेट्रिक टन तथा पोटास दुई मेट्रिक टन मौज्दात रहेको संस्थानका कार्यालय प्रमुख राईले बताए ।

प्रतिक्रिया