डेढ करोडको सामान बरामद

वीरगञ्ज । सशस्त्र प्रहरी बल भन्सार गुल्मले साउनदेखि हालसम्ममा भन्सार छली गरी ल्याइएको एक करोड ४६ लाख २३ हजार बराबरको सामान बरामद गरेको छ ।

वीरगञ्ज भन्सार कार्यालयका निमित्त कार्यालय प्रमुख पदमबहादुर खड्काले सो सामान गुल्मले कार्यालयलाई बुझाएको बताए ।

भारतबाट तस्करी गरी ल्याइएको लत्ताकपडा, हार्डवेयरका सामान, खाद्यान्न, सवारीसाधन मोटरपार्टस्लगायतका सामान बरामद गरिएको हो ।

सो अवधिमा लागुऔषध डाइजोल्याब ८ सय ५७ थान, नोल्फीस ८ सय ६१ थान, फेनारगन ८ सय ६० थानसहित लागुऔषध प्रयोगकर्तालाईसमेत पक्राउ गरिएको थियो ।

प्रतिक्रिया