नेकपा बैठकः शीर्ष नेताको विदेश भ्रमणमा केन्द्रीत

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको सोमबार बसेको सचिवालय बैठक प्रधानमन्त्री एवं शीर्ष नेताहरुको विदेश भ्रमणका बारेमा चर्चा गर्दै सकिएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहान बसेको बैठकमा शिर्ष नेताहरुको विदेश भ्रमण र त्यसको उपलब्धी बारे समीक्षा भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री केपी ओलीले अमेरिका भ्रमणको उपलब्धी बारे सचिवालय सदस्यहरुलाई औपचारिक रुपमा जानकारी गराएक थिए । त्यस्तै अर्का अध्यक्ष पुष्पकमल दाहालले चीन भ्रमणका क्रममा भएका भेटघाट तथा छलफल बैठकलाई जानकारी गराएका थिए ।

यस्तै गरी वरिष्ठ नेता माधवकुमार नेपालले अफ्रिकाको घाना र चीन भ्रमण बारे बैठकलाई जानकारी गराएका र प्रवक्ता श्रेष्ठले पनि चीन भ्रमणमा भएको उपलब्धी बैठकलाई जानकारी गराएको स्रोतले जनाएको छ ।

लामो समय पछि बसेको सचिवालयमा बैठकमा पार्टीिभत्र देखिएको आन्तिरक गुट–उपगुट र नेताका बीच देखिएका विवादका बिषय चर्चा नै भएन । नेताहरूको विदेश भ्रमण र त्यसको उपलब्धिका बारेमा सुनाउँदै बैठक सकिएको छ ।

सचिवालयको अर्को बैठक असोज २४ गते बस्ने निर्णय भएको छ ।

प्रतिक्रिया