घुससहित डिएसपी राई प्रक्राउ

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानगरीय प्रहरी वृत्त बौद्धका डिएसपी श्यामकुमार राईलाई घुसको रकमसहित प्रक्राउ गरेको छ । आयोगबाट खटिई गएको टोलीले शनिबार साँझ राईलाई १ लाख ४० हजार रुपैयाँ घुसको रकमसहित पक्राउ गरेको हो ।

स्रोतका अनुसार उनले मुद्दा मिलाइदिने भन्दै जग्गा व्यवासायीसँग घुस लिँदालिँदै पक्राउ परेका आयोगका सहसचिव तथा प्रवक्ता रामेश्वर दंगालले जानकारी दिए । ‘बौद्ध वृत्तका डिएसपी श्याम राई कार्यालयनजिकै घुस लिँदा लिँदै पक्राउ परेका हुन्’, उनले भने ।

उनीले बौद्ध क्षेत्रमा व्यापारीहरूबाट रकम असुली गरेर आतंक मच्चाएको भन्दै प्रहरी प्रधान कार्यालयमा समेत उजुरी परेको थियो । तर, शक्ति केन्द्रको संरक्षणको आडमा राईलाई कुनै कारबाही हुन नसकेको प्रहरीको उच्च स्रोतले जानकारी दिएको छ । पक्राउ परेका उनलाई अख्तियारले नै नियन्त्रणमा राखेको छ ।

प्रतिक्रिया