पप्पुका हरिनारायण निलम्बित

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पप्पु कन्सट्रक्सनका पूर्व–अध्यक्ष एवं सांसद हरिनारायण रौनियारसहित १२ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ

। बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जनाविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो । मुद्दा परेपछि उनको सांसद पद स्वतः निलम्बनमा परेको छ ।

सांसद रौनियारले प्रतिनिधिसभा सदस्य निर्वाचित भएपछि अध्यक्ष छोडेको कम्पनी पप्पु कन्सट्रक्सनले पुल निर्माण गरेको थियो । पप्पु कन्सट्रक्सनमा अहिले सांसद रौनियारका छोरा सुमित अध्यक्ष छन् ।

अख्तियारले दायर गरेको अभियोग पत्रमा सांसद रौनियार र उनका छोरा सुमितलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ८ को उपदफा ४ बमोजिम सजाय तथा १९ करोड ३२ लाख २५ हजार ६ सय ९५ रुपैयाँ बिगो दाबी गरिएको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जानकारी दिए ।

अख्तियारले एभरेस्ट इन्जिनियरिङ कन्सल्टेन्टका सञ्चालक कृष्णदेव यादव, डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख भानु जोशी, मनोज श्रेष्ठ तथा राजकुमार यादव, त्यही कार्यालयका निमित्त प्रमुख नवराज केसी, इन्जिनियरहरू प्रेमप्रसाद चुवाई, हरिबहादुर खड्का, दीपेन्द्रबहादुर विष्ट तथा सब–इन्जिनियरहरू कर्मा तेन्जिन तामाङ र गोविन्द गैरेविरुद्ध पनि मुद्दा दायर गरेको छ ।

जब्दिघाट पुल निर्माणका क्रममा गुणस्तरहीन निर्माण सामग्री प्रयोग भएको, पुल बनाउँदा नै बांगो देखिएको र उद्घाटन नहुँदै भत्किने अवस्था आउनुमा निर्माणको प्रारम्भिक चरणदेखि अन्तिमसम्म गल्ती भएको अख्तियारले ठहर गरेको छ ।

अख्तियारले प्राविधिक कर्मचारीहरूबाट पनि लाइन लेभल तथा पिएर हाइटको सम्बन्धमा भएको गम्भीर लापरबाहीलाई नसच्याई त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रूपमा अनुगमन गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको, स्पेसिफिकेसनको दफा ११२ बमोजिम काम नभएको, स्पेसिफिकेसनको दफा १०४ बमोजिम निर्माण व्यवसायीबाट क्वालिटी एस्योरेन्स प्लान पेस गर्न लगाई स्वीकृत गरी निर्माण सामग्रीको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको तथा गुणस्तर प्रमाणित नभईकन नै भुक्तानी सिफारिस गरेको जनाएको छ ।

पुल डेप्थ डिजाइनबमोजिम नभएको वा डिजाइनबमोजिम निर्माण नगरेको तथा निर्माण भएको पाइलहरूमा समेत क्याभिटिज भएको कारणले नै पाइलले भार लिन नसकी पुल भासिएको तथ्य प्राविधिक परीक्षण तथा विश्लेषणबाट पुष्टि हुन आएको अख्तियारले जनाएको छ ।

४ सय २५ मिटर लामो पुल १६ करोड ६८ लाख रुपैयाँमा निर्माण भएको थियो । गत वर्षको बाढीले पुल निर्माण सम्पन्न हुनुअघि नै भत्काइदिएपछि छानबिन थालिएको थियो ।

प्रतिनिधिसभा नियमावलीअनुसार उनले अदालतबाट फैसला नभएसम्म सांसदको लोगो भने प्रयोग गर्न पाउनेछन् । तर, सांसदको हैसियतको सेवासुविधा भने पाउने छैनन् ।

के के छन् मुद्दा ?

बबई पुल बनाउँदा गुणस्तरहीन सामग्री प्रयोग भएको, पुल बनाउँदादेखि नै बांगो देखिएको, उद्घाटन नहुँदै भत्किएको भनी अख्तियारमा उजुरी परेपछि अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ ।

पुल बनाउन डिभिजन सडक कार्यालय नेपालगञ्ज र पर्साको पोखरियामा रहेको पप्पु कन्स्ट्रक्सन बीच ०६८ असार २२ गते सम्झौता भएको थियो ।

पुल निर्माणको प्रारम्भिक चरणदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरूबाट लाइन लेभल तथा पाइलर हाइटको सम्बन्धमा भएको गम्भीर लापरबाहीलाई नसच्याई त्रुटिपूर्ण कार्यलाई स्वीकार गरी गुपचुप रूपमा कार्य गरेको, फिल्डको नाँपजाँच हचुवाको भरमा गरेको अख्तियारले बताएको छ ।

निर्माण सामग्रीहरूको गुणस्तर नियन्त्रण प्रभावकारी नभएको र डिजाइनबमोजिम निर्माण नगरेको कारण लोड थाम्न नसकी पुल भासिएको प्रविधिक परीक्षण तथा विष्लेषणबाट पुष्टि भएको अख्तियारको दाबी छ ।

पुल निर्माण अवधिमा संलग्न सबै प्राविधिक कर्मचारीहरूबाट लाइन लेभल तथा पाइर हाइटको सम्बन्धमा भएको गम्भीर लापरबाहीलाई स्वीकार गरी गुपचुप रूपमा काम गरेकाले उक्त काममा निर्माण व्यवसायी तथा निर्माण अवधिमा संलग्न सम्पूर्ण प्राविधिक कर्मचारीहरूको मिलेमतो पाइएको अख्तियारको भनाइ छ ।

टेकुमा निर्माणाधीन पुलमा पप्पु कन्सट्रक्सनले गम्भीर लापरबाही गरेको भेटिएको छ । भर्खरै ढलान भएको ६० मिटर लामो पुलमा त्रुटि भेटिएपछि काठमाडौं दिगो सहरी यातायात आयोजनाले भत्काउन निर्देशन दिएको छ ।

पप्पु कन्सट्रक्सन सांसद हरिनाराण रौनियार संस्थापक रहेको निर्माण कम्पनी हो । उसले धेरै पुलको ठेक्का पारे पनि समयमा काम नगर्नेदेखि भएका काम पनि गुणस्तरीय नभएको पाइने गरेको छ । करिब २० करोड खर्च गरेर बनेका राजधानीका दुवै पुलमा प्राविधिक ‘फल्ट’हरू देखिएका छन् ।

पहिलो त निर्माण सामग्रीहरूको ल्याब टेस्ट नै गरिएन । आयोजनाले सार्वजनिक सूचनामार्पmत जवाफ पनि माग्यो । पुलको पक्की आधार संरचना (प्री स्ट्रेस कंक्रिट ग्रिडर र केबलको ज्याकिङ)को निर्माण गुणस्तरहीन भएको आयोजनाको ठहर छ । आयोजनासँग परामर्श तथा सल्लाह नगरी पुलको डेक स्ल्याब निर्माण गरिएको छ ।

पटक–पटक चेतावनी दिँदा पनि काम नसुधारेको र झुक्याउने नियतका साथ काम गरेको आयोजनाका अधिकारीहरू बताउँछन् । प्राविधिक रूपमा गर्नुपर्ने महत्वपूर्ण काम नै नभएपछि काठमाडौं दिगो सहरी यातायात आयोजना पुल भत्काउनुपर्ने निष्कर्षमा पुगेको हो । दुवै पुल निर्माणमा पप्पु कन्सट्रक्सनसँगै चिनियाँ कम्पनी पनि जेडआइइसी संलग्न छ । तर, निर्माण काम भने पप्पु आफैँले हेरेको छ ।

पप्पु कन्सट्रक्सनले निर्माण गरेको बबई नदीको पुल पनि निर्माण पूरा हुन नपाउँदै भासिएर काम नलाग्ने भएको थियो भने तराईका विभिन्न पुलहरूमा पनि भासिने समस्या देखिएको थियो । ठेकेदारले २ वर्षको काम चार वर्षमा पनि सकेनन् । पप्पु कन्स्ट्रक्सनले पर्सामा नौरन्जिया, तिलाव, बेदाहा र हेरियाडी नदीमा पुल बनाउँदै छ । यसमध्ये नौरन्जिया र तिलाब ०७० सालमै सक्नुपर्ने थियो । बेदाहा र हेरियाडीको निर्माण ०७३ मा । तर, अझै काम सकिएको छैन ।

रौतहटमा निर्माण हुँदै गरेको चाँदी नदी पुलको म्याद आगामी असारमा सकिँदै छ । तर, भौतिक प्रगतिले भने पुल बन्न अझै लामो समय लाग्ने देखिएको छ । रौतहटकै लमाहखोला र तरहरा झाँद्ध नदीपुल पनि म्याद गुज्रिइसकेको छ । पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ

। तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक–पटक प्रश्न उठेको छकञ्चनपुरको दाइजीखोला पुलमा पनि पप्पुले यस्तै लापरबाही दोहो¥याएको छ । यो पुल ०७४ को पुसमै निर्माण सक्ने गरी सम्झौता भएको थियो ।

पप्पु कन्स्ट्रक्सनले बाँके, सिराहा, धनुषा, सुर्खेत, सप्तरी लगायतका जिल्लामा पनि पुलका ठेक्का लिएर अलपत्र पारेको विभागका अधिकारीहरू बताउँछन् । हुलाकी मार्गमा पर्ने झापाको कन्काई पुलको निर्माणमा पनि पप्पुको लापरबाही कायमै छ ।

०७२ जेठ मसान्तसम्ममा निर्माण सक्नुपर्ने पुल अझै बनिसकेको छैन । पुलसँगै सडकको अवस्था पनि त्यस्तै, छ । कम्पनीले पर्साको सिर्सिया सुख्खा बन्दरगाह–परवानीपुर सडकसहित दुईवटा खण्ड निर्माणको ठेक्का पनि लिएको छ । हुलाकी राजमार्गको एउटा खण्डमा डेढ अर्बको ठेक्का पनि पप्पुकै जिम्मामा छ । पप्पु कन्स्ट्रक्सनसँग अहिले १० अर्ब बढीको ठेक्का छ ।

तर, कुनै पनि काम न समयमा भएको छ, न प्रगति सन्तोषजनक छ । बरु कामको गुणस्तरीयतामाथि पटक–पटक प्रश्न उठेको छ । सडक विभागको तथ्यांकअनुसार पप्पुले सबैभन्दा धेरै लापरबाही पुलमै गरेको देखिन्छ । गत असारमा बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाट पुल उद्घाटन नहुँदै भत्कियो । यो पुल पप्पु कन्स्ट्रक्सनले साढे १६ करोड बढी लागतमा बनाएको थियो ।

प्रतिक्रिया