कुनैमा एउटा छैन, कुनैमा ५ वटा एम्बुलेन्स!

खाँदबारी नगरपालिका क्षेत्रमा हाल पाँच एम्बुलेन्स निर्वाधरूपमा सञ्चालनमा छन् । नेपाल रेडक्रस सोसाइटी, जिल्ला अस्पताल, घिमिरे कल्याणकारी सेवा, खाँदबारी नगरपालिका र गोपाल भगत मेमोेरियल हस्पिटलको एम्बुलेन्स कुदिरहेको देख्न सकिन्छ ।

तर, जिल्लाको कर्णाली भनेर चिनिने शिलिचोङ गाउँपालिकामा भने एउटा पनि एम्बुलेन्स नहुँदा समस्या भएको छ । अझ रोचक प्रसंग त खाँदबारी नगरपालिकामा पाँच÷पाँच वटा एम्बुलेन्स सञ्चालन हँुदा हँुदै पनि फेरि शिलिचोङ गाउँपालिकाको लागि भनेर आएको एम्बुलेन्स पनि यही नगरपालिकामा सञ्चालन हुने भन्ने विषयले चर्चा पाएको छ ।

अरुण तेस्रोले प्रभावित क्षेत्रलाई भनेर तीन वटा एम्बुलेन्स दिने भनेको थियो र सोहीअनुसार सिफारिस भएको भनिएको छ । प्रभावित क्षेत्रमध्ये मकालु गाउँपालिका, चिचिला गाउँपालिका र शिलिचोङ गाउँपालिकालाई एक÷एकवटा एम्बुलेन्स प्राप्त हुने भनिएको थियो ।

तर, सडक सञ्जाल नजोडिएको भन्दै शिलिचोङको नाममा आउने एम्बुलेन्स खाँदबारी र तुम्लिङटारमा राख्ने कुरा अगाडि बढेको हो । यसको मतलब शिलिचोङलाई प्राप्त हुने एम्बुलेन्स अन्यत्र नै लैजान लागिएको हो ।

हो, अरुण नदीमा पक्की पुल नभएको कारण सडक सञ्जालले जोडिएको छैन, तर अरुण पारि करोडौँ रकम खर्चेर सडक बनाइएको छ, के त्यसको उपयोगिता छैन ? ताम्कु प्राथमिक स्वास्थ्य केन्द्रदेखि सीधै अरुण पुलसम्म यो हिउँददेखि निर्वाध रूपमा सवारी सञ्चालन हुँदै छ, के त्यो क्षेत्रमा एम्बुलेसन्स राख्न सकिन्न ? दुई मिनेटको समय लगाएर पुल तारेपछि फेरि खाँदबारी नगरपालिकामा पर्ने हेलुवाबेँसीदेखि सडक छँदै छ त । के एम्बुलेन्सको बाधक अरुण नदी नै हो त ? प्रश्नै प्रश्न छ ।

शिलिचोङ गाउँपालिका–१, २ र ३ वडाको संगमस्थल बुधबारे (सिसुवाटार) मा नै एम्बुलेन्स राख्ने हो भने गत वर्षदेखि नै बुधबारे छब्बीसपुल (हेलुवाबेँसी पारि) सम्म सडक सञ्चालन छ । अहिले पनि त्यहाँबाट पुराना गाडीमा राखेर बिरामी ल्याइरहेका छन् नै, दुई मिनेटको समयमा पुल तारेपछि फेरी गाडीबाट नै खाँदबारी अस्पताल ल्याई पु¥याउँछन् । के त्यहाँ एम्बुलेन्स गुड्न सक्दैन ? त्यसैले, प्रस्तावित एम्बुलेन्स जहाँको त्यहीँ हुनुपर्दछ ।

अति पछाडि परेको शिलिचोङ क्षेत्रमा भोट माग्ने क्रममा शिक्षा, स्वास्थ्य, यातायात लगायतको विकासका पूर्वाधारहरूको सुनिश्चितता गराउने भन्दै भाषण दिएका जनप्रतिनिधिहरूले यस्ता सुविधा काटौती गर्दै जाने हो भने के अर्कोपटक नागरिकले उत्तिकै विश्वास गर्लान् ? यतातर्फ पनि सोच्न आवश्यक छ ।

यस विषयमा स्थानीय जनप्रतिनिधि, जिल्लास्तरका जनप्रतिनिधि, प्रदेश र संघीय प्रतिनिधिहरूलगायत राजनीतिक दलहरूले बेलैमा सोच्नुपर्ने देखिन्छ । ‘जो सोझो उसैको मुखमा घोचो’ भन्ने उखानलाई कसैले पनि चरितार्थ गर्नुहुन्न ।

समन्वय समितिलाई ज्ञापनत्रपत्र
अरुण तेस्रोले प्रभावित क्षेत्रलाई दिने भनिएको एम्बुलेन्स शिलिचोङलाई नदिई खाँदबारी नगरपालिकामा राख्ने निर्णय भएपछि जनप्रतिनिधिहरूले जिल्ला समन्वय समितिलाई ज्ञापनपत्र बुझाएका छन् । गाउँपालिका प्रमुख रामबहादुर कुलुङ, वडाध्यक्ष मोहनशमशेर कुलुङ लगायतको टोलीले बुधबार समन्वय प्रमुख सुमन शाक्यलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मकालु, चिचिला र शिलिचोङ गरी तीन प्रभावित गाउँपालिकालाई दिने भनिएको एम्बुलेन्स शिलिचोङ बाहेकका दुई स्थानीय तहहरूले चाबीसमेत बुझिसकेको अवस्थामा शिलिचोङको नाम हटाएर खाँदबारीमा राख्ने निर्णय दुःखद् रहेको गाउँपालिका प्रमुख कुलुङको भनाइ छ ।

डाक्टरको दरबन्दीसमेत रहेको प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन भइरहेको गाउँपालिकामा विभिन्न बहानामा सुविधा कटौती हुनुले विभेदपूर्ण व्यवहार देखाएको भन्दै यस विषयको समन्वय गरिदिन पत्रमार्फत अनुरोध गरिएको छ ।

पत्रमा भनिएको छ ‘गाउँपालिकादेखि बुम्लिङटारस्थित अरुण पुलसम्म निर्वाध रूपमा यातायात सञ्चालनमा छ, अरुण पारीदेखि खाँदबारीसम्म पनि यातायात सञ्चालनमा रहेकोले एम्बुलेन्स सहजै सञ्चालन गर्न सकिन्छ ।’ अरुणपारीको नागरिकहरूलाई दिइने सेवा कुनै हालतमा कटौती गर्न नहुने कुलुङको भनाइ छ ।

जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले भने त्यस्तो व्यवहार नगरिएको दाबी गरे । त्यस बेला पनि आपूmले शिलिचोङको एम्बुलेन्स शिलिचोङलाई नै दिनुपर्ने अडान राखे पनि सडक सञ्जाल नरहेको भनिएपछि खाँदबारीमा राख्ने निर्णय भएको बताए । अरुण तेस्रोले पनि तुम्लिङटार खाँदबारी चल्ने गरी खाँदबारीमा राख्ने चाहना राखेकोले त्यो निर्णय भएको उनले बताए ।

प्रमुख शाक्यले ज्ञापनपत्र बुझ्दै एम्बुलेन्स शिलिचोङलाई नै हुने गरी विशेष पहल गर्ने प्रतिबद्धता जनाए । दुई गाउँपालिकाहरू मकालु र चिचिलाले एम्बुलेन्सको साँचोसमेत बुझिसकेको तर खाँदबारीले अझै बुझ्न बाँकी रहेकोले उक्त एम्बुलेन्स शिलिचोङलाई फर्काउन आपूm लागिपर्ने आश्वासन दिए । प्रमुख शाक्यले भने, ‘ढुक्क हुनुहोस्, शिलिचोङले त्यो एम्बुलेन्स पाउँछ ।’

जनप्रतिनिधि र स्थानीय आक्रोशित
यसरी शिलिचोङको नाममा आएको एम्बुलेन्स खाँदबारी नगरपालिकामा राख्ने निर्णय भएपछि सामाजिक सञ्जालहरूमा सर्वत्र विरोध सुरु भएको छ । जनप्रतिनिधिहरूले आपूmले सेवा दिनुको साटो विभिन्न निकायबाट प्राप्त भएको सुविधाबाटसमेत वञ्चित गरेको आरोप लगाएका छन् ।

हरेक हिसाबले पिछडिएको क्षेत्र शिलिचोङलाई राजनीतिक दलका नेता र जनप्रतिनिधिहरूले चुनावको वेला मात्र सम्झिने, अरू वेला वास्ता नगर्ने भन्दै दुःखेसो पोख्न थालेका छन् ।

कतिपयले आपूmहरूलाई गरेको अन्यायविरुद्ध जस्तो पनि कदम उठाउन तयार हुनुपर्ने बताएका छन् । त्यस्तै, कतिपयले अर्को चुनावमा हिसाबकिताब मिलाउनेसमेत सामाजिक सञ्जालमा लेखेका छन् । स्थानीयहरू भन्छन्, ‘औँलो पाउँदा डुडुलो निल्न न भएन नि !’ हाम्रा लागि आएको एम्बुलेन्स अन्तै लगेर कवाडी बनाउन त हुँदैन नि ! कि शिलिचोङका चै नागरिक हैनन् ? कि शिलिचोङका नागरिकचाहिँ बिरामी हुँदैनन् ?

प्रतिक्रिया