डिएनए रिपोर्ट आज सार्वजनिक हुने

काठमाडौं । बलात्कार गरी हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यामा संलग्न भनी आशंका गरिएका तत्कालीन कञ्चनपुर प्रहरी प्रमुख एसपी डिल्लीराज विष्टसहित तीनजनाको डिएनए परीक्षण रिपोर्ट आइपुगेको छ ।

रिपोर्ट आज सार्वजनिक गरिने कञ्चनपुर प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सरकारी वकिलको कार्यालय कञ्चनपुरमा डिएनए रिपोर्ट सार्वजनिक गरिनेछ ।

कञ्चनपुरका तत्कालीन एसपी विष्ट, उनका छोरा किरण विष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र विष्टका भतिजा आयुष विष्टको डिएनएको नमुना संकलन गरी परीक्षण गरिएको थियो । दुई महिना बितिसक्दा पनि प्रहरीले निर्मलाका हत्यारा पत्ता लगाउन सकेको छैन ।

प्रतिक्रिया