बाख्राकाे सुरक्षा जिम्मा बाघलाई दिए जस्ताे संसद् विकास समिति

काठमाडौ । एउटा बाघलाई बाख्राको संरक्षण गर्न दिँदा त्यो जति मुर्खता काम के होला ? तर, नेपालको संसदीय व्यवस्थामा बाघ लै बाख्राको संरक्षण गर्न दिदै आइरहेको छ । नेपालको विभिन्न निर्माण व्यवसायमा संलग्न सांसद नै विकास समितिमा छन् । यसो हुँदा, त्यँहा जति गैरजिम्मेवारी काम कहाँ होला ? यद्यपि, नेपाल निर्माण कम्पनीकै मालिकहरु संसद् विकास समितिमा छन् ।

बुधबार कतिपय सांसदहरुले विकास समितिमा निर्माण कम्पनीमा संलग्न भएका सांसदलाई राखिएकोमा असन्तुष्टि व्यक्त गरे ।विकास समितिमा निर्माण क्षेत्रमा संलग्न तीनजना सांसद सदस्य छन् । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार, लामा कन्स्ट्रक्सनका जिपछिरिङ लामा र हिमदुङ एन्ड ठोकर कम्पनीका बहादुरसिंह लामा समिति सदस्य हुन् ।

सांसदहरुबीच आरोप(प्रत्यारोपका कारण समितिको बैठकमा केही असहजता देखिएको छ । संसद्को विकास समितिका सदस्यहरुले प्रमुख आयोजनाहरुको काममा निकै ढिलासुस्ती भएको भन्दै सरकारको ध्यानाकर्षण गरेका छन् ।

उनीहरुले भने आफूहरुका कारण नभई सरकारकै ढिलासुस्तीका कारण काममा ढिलाइ भएको दाबी गरे । सांसद दुर्गा पौडेलले नियमावलीविपरीत निर्माण कम्पनीमा संलग्न भएकाहरुलाई समितिमा राखिएकाले यही विषयमा छलफल हुनुपर्ने माग गरिन् ।नेकपाका सांसद यज्ञराज सुनुवारले पनि निर्माण व्यवसायमा संलग्न सांसदलाई समितिमा राख्नुको कारण स्पष्ट पार्नुपर्ने बताए ।

समितिको आज बसेको बैठकमा सांसदहरुले निर्माण कम्पनीले काममा ढिलासुस्ती गर्दा नागरिकलाई अप्ठ्यारो परेको र विकासमा बाधा पुगेको भन्दै त्यसलाई सच्याउन सरकारको ध्यानाकर्षण गराएका हुन् । दसैं, तिहार र छठ पर्वका बेला उपत्यका बाहिर जाने यात्रु सडकको अवस्थाका कारण मर्कामा पर्ने भएकाले जतिसक्दो चाँडो सडकको अवस्था सुधार गर्न उनीहरुले माग गरे ।

प्रतिक्रिया