सेरेनाको आक्रोश

न्युयोर्क । खेलका क्रममा सेरेनाले मुख्य निर्णायकलाई ‘ढँटुवा’ र ‘चोर’ भनेपछि केहीबेर तनाव भएको थियो । सेरेनालाई खेलका क्रममा कोचबाट प्रशिक्षण लिएको चेतावनी दिनुका साथै ¥याकेट फ्याँकेकोमा एक ‘पेनाल्टी प्वाइन्ट’ तथा अम्पायरलाई ढँटुवा र चोर भनेकोमा एक ‘गेम पेनाल्टी’ दिइएको थियो ।

सेरेनाले भने आफूलाई दिइएको ‘गेम पेनाल्टी’ लैंगिक भएको दाबी गरेकी छिन् । ‘यसअघि कुनै पुरुष खेलाडीले अम्पायरलाई चोर भन्दा उनीहरूको म्याच खोसिएको थिएन’ उनले भनिन्, ‘जबकि अन्य पुरुष खेलाडीहरूले अम्पायरलाई यो भन्दा चर्को गाली गरेको मैले सुनेकी छु ।’ उनले आफू महिला अधिकार र समानताको पक्षमा लडिरहेको बताइन् ।

सेरेना प्रशिक्षक प्याट्रिक मोउराटोग्लोउले दोस्रो सेटको सुरुमै उनलाई बाहिरबाट हातले इशारा गरेका थिए । ग्रान्डस्लाममा खेलको बीचमा यसरी कोचबाट निर्देशन लिन पाइँदैन । जबकि, डब्लुटिएका प्रतिस्पर्धामा कोच र खेलाडीबीच संवादमा रोक लगाइएको हुँदैन ।

तर, सेरेनाले कोचबाट आफूले कुनै निर्देशन नलिएको दाबी गर्दै भनेकी छिन्, ‘म चिट गरेर जित्नुभन्दा हार्न रुचाउँछु ।’ उनले मुख्य निर्णायक कार्लोस रामोसले क्षमा माग्नुपर्ने जिद्दी पनि गरिन् । यद्यपि, उनका कोच मोउराटोग्लोउले भने दोस्रो सेटमा आफूले सेरेनालाई सिकाएको स्वीकार गरेका छन् ।

तीन खेलपछि ओसाकालाई एक प्वाइन्ट दिइयो, जब सेरेनाले क्रोधपूर्वक आफ्नो ¥याकेट फ्याकेर नियम उल्लंघन गरिन् । त्यसपछि उनी अम्पायर रामोस भएतिर गइन् र उनले चिच्याउँदै गाली गरिन् ।

सबैजसो दर्शक सेरेनाको समर्थनमा थिए र उनलाई हौस्याए । त्यसले वातावरण कोलाहलपूर्ण बनेको थियो । सेरेनाले रामोसलाई ‘लायर’ भनिन् र माफी माग्नुपर्ने अडान लिइन् । त्यति मात्रै होइन, उनले ओसाकालाई प्वाइन्ट दिएकोमा रामोसलाई ‘चोर’ समेत भनेकी छिन् ।

प्रतिक्रिया