एनआइसी एसिया र एसियन लाइफबीच सम्झौता

काठमाडौं । एनआइसी एसिया बैंक लिमिटेडले एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौताअनुसार अब बैंकका ग्राहकले मुलुकभरि फैलिएको २ सय ४४ वटै शाखाहरूबाट सहज रुपमा एसियन लाइफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरू खरिद गर्न सक्नेछन् । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले हस्ताक्षर गरे ।

बैंकले हाल मुलुकभरि २ सय ४४ वटा शाखा कार्यालयहरू, २ सय ३८ एटिएम, १४ वटा एक्सटेन्सन काउन्टर एवं १८ वटा शाखारहित बैंकिङ इकाइमार्फत सेवा प्रदान गर्दै आएको छ । बैंकको वासलातको आकार १ सय ८६ अर्बभन्दा बढी पुगेको छ भने कुल निक्षेप करिब १ सय ५६ अर्ब तथा कर्जा १ सय ३० अर्ब पुगेको बैंकले जनाएको छ ।

प्रतिक्रिया