सरकारको गम्भीर समीक्षा गर्छौं


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले सरकारको कार्यशैलीको गम्भीर समीक्षा गर्ने वेला आएको बताएका छन् ।

‘असन्तुष्टिका स्वरहरू धेरै आए, जनतामा निराशा छायो,’ आफ्नै निवास खुमलटारमा मंगलबार पत्रकारसँग उनले भने, ‘जनताले सरकारसँग राखेको आशा निराशामा बदल्न दिनौँ ।’ यो विषयमा गम्भीर छलफल सुरु भएको उनले बताए ।

सरकारको भूमिका र संरचनाबारे गम्भीर रूपले छलफल चलेको र केही दिनमै निष्कर्षमा पुग्ने बताउँदै दाहालले मुख्य जोड जनतामा छाएको असन्तुष्टि हल गर्दै देशलाई अघि बढाउनेतर्फ रहेको बताए ।

‘मैले अहिले धेरै बोल्ने परिस्थिति छैन जस्तो लाग्छ, त्यै पनि थोरै बोल्छु,’ आफूले धेरै बोल्न मिल्दैन भन्दै दाहालले सरकारको कामप्रति गम्भीर रूपले असन्तुष्टि पोखे । जनतामा निराशा देखिएको कुरालाई स्वीकार गर्दै उनले भने, ‘अब समस्या समाधानका लागि ठोस पहल अनिवार्य छ । यत्तिकै चल्छ कि भनेर सोचियो भने ढिलो हुन सक्छ ।’

सरकारको समीक्षा सुरु भएको र अब केही कडा कदम चाल्नुपर्ने उनले बताए । कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो भएको बताउँदै उनले मन्त्री हेरफेरको संकेत पनि दिए ।

‘अब जो–जो परे पनि केही स्टेप चाल्नुपर्नेछ,’ उनले भने, ‘सरकार असफल हुने, पार्टीलाई असफल पार्ने र जनतालाई निराश पार्ने खालको गतिविधि नरोकी हुँदैन ।’ यो समीक्षा कसैलाई सिध्याउने भन्ने नभई देश, जनता, पार्टीको लागि भएको उनले दाबी गरे ।

मन्त्रीलाई हटाउनेबारे यो समूह वा ऊ समूह भनेर दुवै अध्यक्षले नहेरेको दाहालले बताए । एकता प्रक्रियामा कुनै समस्या नरहेको र प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै असमझदारी नरहेको उनको जिकिर छ ।

यत्तिकै चल्छ कि भनेर सोचियो भने ढिलो हुन सक्छ ।’ सरकारको समीक्षा सुरु भएको छ । अब केही कडा कदम चाल्नुपर्ने  अवस्उथा अायाे  । कोही एकजना मन्त्रीभन्दा राष्ट्र र पार्टी ठूलो हाे 

भारत र चीनको निम्तामा छिमेकी देशको भ्रमण गर्न लागेको बताउँदै दाहालले भ्रमणको एजेन्डा राष्ट्रिय हित र विकासका आयोजनाहरूमा छलफल गर्ने रहेको उल्लेख गरे । ‘म भारत र चीन जान्छु । सबै सेड्युल तयार भइसकेको छ । बिहीबार भारत जान्छु । फर्किएर आएको ६ दिनपछि चाइना जान्छु,’ दाहालले भने, ‘पार्टी एकता, सरकारको समीक्षाका कामहरू मेरो भ्रमणले रोकिँदैन ।’

नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरूसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको उनले दाबी गरे । नेपालको विकासमा छिमेकी देशहरूको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले त्यसका लागि थप वातावरण बनाउन भ्रमण गर्न लागिएको उनले जानकारी गराए ।

‘दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रूपान्तरण गर्ने हो,’ उनले भने, ‘पार्टीको अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो ।’ छिमेकी देशहरूसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा दुवै

देशसँग छलफल गर्ने उनले जानकारी गराए । दाहालले नेपालको विकास र समृद्धिका लागि छिमेकी देशहरूसँगको सम्बन्ध अझै सुधार गर्न भारत र चीनको भ्रमण गर्न लागेको बताए । नेपालको विकासमा छिमेकी देशहरूको सहयोग अत्यन्तै महत्वपूर्ण रहेकाले थप वातावरण निर्माण गर्न भ्रमण गर्न लागेको उनको भनाइ छ ।

अध्यक्ष दाहाल बिहीबार भारतको भ्रमणमा जाँदै छन्, त्यसलगत्तै उनी चीन भ्रमणमा जानेछन् । ‘दुवै छिमेकीसँगको सन्तुलित सम्बन्ध र सहयोगबाट नेपाली समाजको रूपान्तरण गर्ने दिशामा मेरो भ्रमण केन्द्रित रहनेछ,’ उनले अगाडि भने, ‘अध्यक्षका नाताले दुवै देशबाट निम्तो आएपछि भ्रमणको कार्यतालिका बनेको हो, मैले छिमेकी देशहरूसँग विगतमा भएको सहमति कार्यान्वयन र सरकारलाई सहयोग गर्ने विषयमा छलफल गर्नेछु ।’

दाहालले ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिलाई व्यवस्थापन गर्ने तयारी सुरु भएको जानकारी दिए । स्थानीय तहसम्मको पार्टी एकतापछि पार्टीले नयाँ गति लिने उनको भनाइ छ ।

पछिल्ला दिनमा स्थानीय तहदेखि केन्द्रीय सरकारको भूमिकाबारे प्रश्न उठिरहेको विषयमा राखिएको जिज्ञासाका बारेमा अध्यक्ष दाहालले समग्र राजनीतिक परिवर्तनपछिको अवस्थाको अहिले नै संश्लेषण गर्न नसकिने बताए ।

देशमा विगतको संरचना नरहेको र नयाँ संघीय, समानुपातिक र समावेशी राज्य संरचनाको निर्माण भएको उल्लेख गर्दै उनले कानुन कार्यान्वयनमा आउन समय लाग्ने प्रस्ट्याए । करका विषयमा पछिल्लो समय उठेको विवाद र समस्याको समाधानका लागि सरकार गम्भीर हुनुपर्ने उनको तर्क थियो ।

हरेक परिवर्तनपछि पुराना शक्ति र नयाँ चाहने शक्तिबीच जहिले पनि संघर्ष चर्किने बताउँदै स्थानीय तहहरूमा समस्या देखिए पनि बिस्तारै समाधान हुने उनको भनाइ छ । ‘स्थानीय तहमा अहिले हाम्रा लागि केही गरौँ भन्ने भावनाको विकास भएको छ,’ दाहालले भने, ‘यसको परिणाम दीर्घकालीन रूपमा देखिने हुनुपर्छ ।’

अध्यक्ष दाहालले पार्टी एकताको सम्पूर्ण काम यही भदौ मसान्तसम्म पूरा गर्ने अभियानमा लागेको समेत जानकारी दिए । ‘तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएका कार्यदलहरूले प्रतिवेदन बुझाइ सकेका छन्, उनले भने, ‘पार्टीको स्थायी समिति र सचिवालयको बैठकले यसको अन्तिम टुंगो लगाउनेछ ।’

पार्टी एकता समस्या भएर अड्किएको नभई लिडरसिपको कार्यव्यस्तताले भएको उनको जिकिर छ । प्रधानमन्त्री कहिले भारत, कहिले चीन भ्रमण, कहिले बिम्स्टेक सम्मेलनमा व्यस्त हुनुपरेको उल्लेख गर्दै अब एकता प्रक्रिया भदौभित्र सकिने उनले दाबी गरे ।

‘दुई वटा अध्यक्षको प्रणाली हामीले बनाएका छौँ, यो अन्तरविरोध नभई दुई वटै अध्यक्ष भएर निर्णय लिने नयाँ प्रणालीको सुरुआत गरिएको हो,’ अध्यक्ष दाहालले भने, ‘हामीले महाधिवेशनसम्म यही तरिकाले जाने भनेका छौँ । तर, अहिले हामी दुवैजनालाई अप्ठ्यारो र जटिल भएकोचाहिँ महसुस हुने गरेको छ । मलाई धेरै असजिलो फिल भएको छ । तर, पनि महाधिवेशनसम्म नगई सुखै छैन ।’

‘तर, अन्तरविरोध भएर जटिल भएको हैन है, अहिले त्यस्तो छैन,’ दाहालको भनाइ छ, ‘हामीले जे गरेका हौँ, एउटा ठूलो, असाधारण पहल गरेकै हो । यो पहल ठीक छ र यसलाई सफल पार्नुपर्छ । हामीले नै यसमा बल गर्नुपर्छ भन्नेमा हामीबीच अहिले विमति छैन ।’

‘कमिटी बनाउने वेलामा हामीले कार्यदल बनाएका थियौँ, ती कार्यदलले सुझाव दिएका छन्, त्यसैका आधारमा एकीकरण हुन्छ,’ दाहालले अगाडि भने, ‘यो महिनाभित्र हामी एकता प्रक्रिया टुंग्याउनेछौँ ।’

पार्टी एकताको ऐतिहासिक महान अभिभारा यही भदौसम्म पूरा हुनेसमेत उनले बताए । तल्लो तहदेखि माथिसम्म एकताका लागि गठन भएका कार्यदलहरूले प्रतिवेदन बुझाइसकेको बताउँदै उनले स्थायी कमिटी र सचिवालयको बैठकले यसको अन्तिम टुंगो लगाउने बताए ।

‘एकताका लागि गठित कार्यदलहरूले प्रतिवेदन दिएका छन्, ठूलो पार्टी भएको अवस्थामा देखिने सामान्य असन्तुष्टिहरूको समेत व्यवस्थापन गर्ने गरी यसको टुंगो यही महिनाभित्र लगाइनेछ,’ उनको भनाइ थियो ।

प्रतिक्रिया