कोलकातामा १४ जना नवजात शिशुको शव एकै ठाउँमा भेटियो

काेलकाता । भारतको पश्चिम बंगाल राज्यको राजधानी कोलकातामा एउटा खाली जनिको प्लटबाट १४ नवजात शिशुको शव फेला परेको छ । कोलकाताको हरिदेवपुरमा रहेको उक्त खाली ठाउँमा रहेको झाडी सफा गर्ने क्रममा मजदुरहरुले प्लाष्टिकको थैलीमा शिशुका शव देखेका थिए । त्यसपछि प्रहरी पुगेर शव उठाएको हो ।

प्रहरीले १४ शिशुको शप फेला पारेको र केही शव हालैको भएको बताएको छ । त्यस्तै केही शव भने कंकाल भैसकेको प्रहरीले जनाएको छ । अनुसन्धानमा सक्रिय अधिकारीले यो काम अवैधानिक रुपमा गर्भपतन गराउने गिरोहको हुन सक्ने बताएका छन् ।

कोलकाता नगर निगमका मेयर शोभन चटर्जी तथा प्रहरी आयुक्त राजीव कुमार घटनास्थलमा पुगेका थिए । प्रहरीले घटनाका बारेमा स्थानीय नागरिकसँग सोधपुछ सुरु गरेको छ ।

स्थानीय नागरिकहरुका अनुसार उक्त विशाल प्लटको वरिपरि कोही पनि बस्दैनन् । अँध्यारो सुरु हुनेबित्तिकै त्यस प्लटमा समाजविरोधी तत्वको भिड त्यहाँ लाग्ने गरेको स्थानीयहरु बताउँछन् ।

प्रतिक्रिया