‘छक्का पञ्जा ३’ को गीत सार्वजनिक


काठमाडौं । गायक डेबिट शंकर र विन्दु परियारको स्वरमा रहेको चलचित्र ‘छक्का पन्जा ३’ को ‘पहिलो नम्बरमा’ बोलको सार्वजनिक भएको छ । राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको यस गीतलाई सोमबार युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

सार्वजनिक गीतको भिडियोमा चलचित्रका प्रायःजसो कलाकारको अभिनय छ । अभिनेता दीपकराज गिरी र दिपाश्री निरौलाको संयुक्त प्रस्तुति रहेको यो चलचित्रलाई दिपाश्रीले निर्देशन गरेकी छन् ।

गीतमा दिपक, दिपाश्री, वर्षा शिवाकोटी, दिपिका प्रसाई, जितु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, स्वस्तिमा खड्का, प्रियंका कार्की लगायतका कलाकारको अभिनय रहेको छ । चलचित्र आगामी दसैँमा रिलिज गर्ने निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया