हकप्रद सेयर आवश्यकता कि वाध्यता ?

 लेखकः नरेन्द्रमान श्रेष्ठ

पछिल्लाे समयमा विभिन्न कर्पोरेट कम्पनीहरूले धमाधम हकप्रद सेयरहरू जारी गरिरहेका छन् । अबको दिनमा पनि थुप्रै हकप्रद सेयर जारी हुनेवाला छ । हकप्रद सेयरहरू जारी गर्नेमा बैंकहरू वित्तीय संस्थाहरू बिमा कम्पनीहरू माइक्रो फाइनान्सहरू साथै विभिन्न उत्पादनमूलक कम्पनीहरूसमेत रहेका छन् ।

सामान्यतया हकप्रद सेयर जारी गर्ने भनेको पुँजी वृद्धि गर्नका लागि नै हो तैपनि कतिपय अवस्थामा वाध्यताले पनि हकप्रद सेयरहरू जारी गर्न परिरहेका छन् कम्पनीहरूले । पछिल्लो समयमा विभिन्न बैंक तथा बित्त कम्पनीहरूको साथै बिमा कम्पनीहरूले समेत वाध्यताले हकप्रद सेयरहरू जारी गर्ने गरिरहेका छन् भन्दा पनि फरक नपर्ला ।

बैंक तथा बित्त कम्पनीहरूलाई नेपाल राष्ट्र बैंकले आआफ्नो पुँजी लगभग चार सय प्रतिशतले बढाउने निर्देशन दिएको थियो भने बिमा कम्पनीहरूलाइ पनि आआफ्नो पुँजी बढाउन बिमा समितिले निर्देशन दिइसकेको छ । बिमा कम्पनीहरूमा जीवन बिमा कम्पनीहरूले दुई अर्ब र निर्जीवन बिमा कम्पनीहरूले एक अर्ब पुँजी पुर्याउनु पर्नेछ । यही निर्देशनले गर्दा विभिन्न कम्पनीहरूले आआफ्नाे पुँजी बढाउनका लागि धमाधम हकप्रद सेयरहरू जारी गर्न वाध्य भएका छन् ।

कम्पनीहरूका लागि पुँजी वृद्धि गर्ने सजिलो बाटो भनेको हकप्रद सेयर जारी गर्ने नै हो भन्दा पनि फरक नपर्ला, त्यसो त कतिपय कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि कम्पनीहरू एकआपसमा मर्ज गर्ने र एक्वायर गर्ने पनि गरिरहेका छन् तैपनि धेरैजसो कम्पनीहरूले पुँजी वृद्धि गर्नका लागि हकप्रद सेयर नै जारी गर्ने गरेका छन् । बैंक तथा बित्त कम्पनीहरूले एकआपसमा मर्ज गर्ने र एक्वायर गर्ने गरेता पनि बिमा कम्पनीहरूले भने यसो गरेको भने देखिँदैन । बिमा कम्पनीहरूले हकप्रद सेयरबाट नै पुँजी पुर्याउने तयारिमा लागि परेका छन् ।

यो बिमा कम्पनीहरूको बाध्यता पनि हो भनेर पनि भन्ने गरेका छन् सरोकारवालाहरू । त्यसो त केही बिमा कम्पनीहरूले बिमा समितिले दिएको निर्देशन पहिले नै पु¥याइसकेका पनि छन् । पुँजी नपुगेका बिमा कम्पनीहरूले पनि अबको दिनमा धमाधम हकप्रद सेयरहरू जारी गर्ने तयारी गरिरहेका छन् । अहिले हकप्रद सेयर जारी गर्ने कम्पनीहरूमा उत्पादनमूलक कम्पनी पनि रहेका छन् । श्रीराम सुगर मिल्सले ९० लाख कित्ताभन्दा बढी हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् ।

त्यसैगरी नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार पुँजी पुर्याउन नसकिरहेको बैंक एनसिसी बैंकले ५० प्रतिशत हकप्रद सेयर दुई करोड कित्ताभन्दा बढी हकप्रद सेयर जारी गर्ने तयारीमा छ । त्यसैगरि माइक्रो फाइनान्स कम्पनीहरू उन्नति माइक्रो फाइनान्सले २० प्रतिशतको स्वदेशी लघुवित्तले १ बराबर १ को अनुपातमा ११ लाखभन्दा बढी हकप्रद सेयर त्यसैगरी महुली सामुदायिक लघुवित्तले २ बराबर १ को अनुपातमा ३ लाखकित्ता, नयाँ नेपाल लघवित्तले १ बराबर २ को अनुपातमा ६ लाख कित्ता हकप्रद सेयर जारी गर्ने तयारी गरिरहेका छन् ।

त्यसैगरी फाइनान्स कम्पनीहरू सिटी एक्सप्रेस फाइनान्सले २५ लाख कित्ताभन्दा बढी, त्यसैगरी प्रोग्रेसिभ फाइनान्सले ५९ लाख कित्ताभन्दा बढी हकप्रद सेयर जारी गर्नेछ । त्यसैगरी बिमा कम्पनीहरू आइएमई जनरल इन्स्योरेन्स कम्पनीले १० बराबर ८ को अनुपातमा ४३ लाख कित्ताभन्दा बढी, एभरेस्ट इन्स्योरेन्सले १ बराबर ६ को हिसाबले ७२ लाखभन्दा बढी त्यसैगरी नेपाल इन्स्योरेन्स कम्पनीले ६५ प्रतिशत हकप्रद सेयर जारी गर्ने तयारिमा छन् ।

त्यसैगरी जलविद्युत् कम्पनी अपि पावर कम्पनीले १ बराबर २ को हिसाबले २ करोड कित्ताभन्दा बढीको हकप्रद सेयर जारी गर्ने तयारीमा छन् । त्यसो त विभिन्न कम्पनीहरूले आआफ्नो चुक्ता पुँजी बढाउनका लागि हकप्रद सेयरहरू जारी गर्ने गरिरहेता पनि पछिल्लो समयमा हकप्रद सेयरप्रति लगानीकर्ताहरूको त्यति आकर्षण नरहेको जस्तो देखिन्छ ।खासगरी संस्थापकतर्फको हकप्रद सेयरहरूप्रति संस्थापक सेयरधनीहरूको त्यति चासो नरहेको जस्तो पनि देखिन्छ ।

पछिल्लोसमयमा विभिन्न कम्पनीहरूले जारी गर्ने गरेका हकप्रद सेयरहरूमा संस्थापक तर्फको हकप्रद सेयर त्यति बिक्री नभएको जस्तो पनि देखिएको छ । त्यसो त कतिपय अवस्थामा त सर्वसाधारणतर्फको हकप्रद सेयरहरू पनि नबिकेको अवस्था छ । हकप्रद सेयर जारी गर्दा नबिकेका हकप्रद सेयरहरू लिलामीमा बिक्री गर्नुपर्ने हुन्छ, लिलामीमा बिक्री गर्न पनि कम्पनीहरूलाई सकस नै हुने गरेका छन् ।

कतिपय अवस्थामा त संस्थापकतर्फको हकप्रद सेयर लिलामीमा पनि बिक्री नहुने अवस्था पनि रहेका छन् । कम्पनीहरूको पुँजी वृद्धि गर्नुपर्ने बाध्यताले होस् वा आवश्यकताले होस् सबैजसो कम्पनीहरूले भारी मात्रामा हकप्रद सेयरहरू जारी गरेकोले सेयर बजारमा सेयरको आपूर्ति बढेको भने पक्कै हो बैंक तथा बित्त कम्पनीहरूले आफ्नो पुँजी बढाउन ३÷४ सय प्रतिशतसम्म पुँजी वृद्धि गर्न पनि बाध्यताले हकप्रद सेयरहरू जारी गरे भने अझ पनि केही कम्पनीहरू हकप्रद सेयर जारी गर्ने प्रक्रियामा छन् ।

हकप्रद सेयरको बजारमा बाढी आएको कारणले बजारमा मागभन्दा बढी आपूर्ति बढेको कारणले सेयर बजार ओरालो लागेको हो भन्ने पनि धेरैको भनाइ रहेको छ । पछिल्लो समयमा सेयर बजार ओरालो लगेको कारणलाई कतिपयले हकप्रद सेयरलाई पनि मानेका छन् । त्यसो त विगतमा हकप्रद सेयरप्रति लगानिकर्ताहरूको आकर्षण बढ्ने गरेको थियो । तर, पछिल्लो समयमा भने लगानीकर्ताहरूको आकर्षण हकप्रद सेयरप्रति त्यति नरहेको जस्तो देखिन्छ ।

कतिपय लगानीकर्ताहरू भने हकप्रद सेयर भर्न भनेको ऋणमाथि ऋण थपिने हो भनेर पनि भन्ने गरेका छन् । त्यसो त कतिपय लगानीकर्ताहरूलाई हकप्रद सेयर भनेको ‘नखाउँ भने दिनभरिको सिकार खाउँ भने कान्छा बाउको अनुहार’ जस्तै भएको छ । त्यसो त पछिल्लो समयमा सेयरधनीहरूसँग हकप्रद सेयरले गर्दा सेयरको थुप्रो नै भइसकेको छ । यसकारणले पनि लगानीकर्ताहरू सेयर खरिद गर्नमा भन्दा बिक्री गर्नमा बढी लागेको देखिन्छ ।

यसकारणले पनि नेप्से घटेको धेरैको भनाइ रहेको छ । त्यसो त सेयर बजार ओरालो लागेको विविध कारण हुन सक्छ तैपनि धेरैको भनाइमा सेयरको आपूर्ति बजारमा बढेकोले नै हो भन्नेमा छन् सरोकारवालाहरू । त्यसो त राजनीतिक कारणले र हल्लाको कारणले पनि सेयर बजारमा असर गर्ने गरेका छन् । पछिल्लो समयमा लाभकरको विवादले पनि सेयर बजार ओरालो लाग्नमा मद्दत गरेको थियो त्यस्तै बैंकहरूको ब्याजदरले पनि सेयरबजारमा असर गरेको हुन्छ ।

अहिले बिमा कम्पनीहरूको मात्र नभई विभिन्न माइक्रो फायनान्स कम्पनीहरूले पनि हकप्रद सेयरहरू निष्काशन गर्ने गरिरहेका छन् यसले पनि सेयर बजारमा सेयरको आपूर्ति बढाउने देखिन्छ । एकै समयमा विभिन्न कम्पनीहरूले धेरै मात्रामा हकप्रद सेयरहरू जारी गर्ने गर्दा लगानिकर्ताहरू समस्यामा पर्ने गरेका छन् । कतिपय लगानीकर्ताहरूसँग धेरै कम्पनीको सेयर हुने गरेका छन् । आपूmसँग भएको सबै सेयरहरूको एकै समयमा हकप्रद सेयरहरू जारी हुँदा लगानीकर्ताहरूलाई रकमको जोहो गर्न समस्या हुने गरेका छन् ।

प्रतिक्रिया