नेपाल वायुसेवा निगम जोगाऊँ, पर्यटक भित्र्याऊँ

जुनसुकै राष्ट्रको समुन्नति र विकासका लागि नभई नहुने साधन यातायात हो । यातायातबिना समुचित विकासको कल्पनै गर्न सकि“दैन । यातायातको असुविधाकै कारणले गर्दा पहाडी क्षेत्रहरूमा विकासको गति मन्द हुन्छ ।

यस्ता राष्ट्रहरूमा यातायातका स्थलसाधनहरू बिकट पहाडी क्षेत्रहरूमा पु¥याउन कठिन र जोखिमपूर्ण हुन्छ । त्यसैले त्यस्ता क्षेत्रहरूमा हवाई साधनको व्यवस्था गर्नु आवश्यक पर्दछ । तर, हवाईसाधनको व्यवस्था गर्नु पनि मह“गो पर्दछ । नियमित उडान गराउन विविध समस्याका कारणले गर्दा अत्यन्त कठिन हुने भए तापनि, त्यस्ता राष्ट्रहरूमा स्थल यातायात भन्दा हवाई यातायात नै चा“डै व्यवस्था गर्न सकिन्छ ।

अत्यन्तै न्यून भू–भाग मात्र सुगम र अत्यधिक भ–ूभाग दुर्गम रहेको हाम्रो राष्ट्रमा अझैसम्म पनि कतिपय सुगम मानिने ठाउ“हरूमा समेत यातायातसेवा पु¥याउन सकिएको छैन । हिमाली र पहाडी भेगमा पर्ने धेरैजसो स्थानहरू यातायातको सुविधाबाट वञ्चित रहेका छन् । कर्णाली अञ्चललाई त हालसालै मात्र सडकले छोयो । विकासको गतिलाई तीव्र बनाउन नेपालका हिमाली र पहाडी भेगका सबै ठाउ“हरूमा यातायातको बिस्तार गर्नु अत्यावश्यक देखिन्छ । सरकारको इच्छाशक्ति, विश्वसनीयता र जनपरिचालन हुने हो भने यो काम कठिन र असम्भव पनि होइन ।

आजभन्दा छ दशकदेखि आफ्नो सेवा सुरु गरेको नेपाल वायुसेवा निगमले विविध समस्याहरू झेल्दाझेल्दै पनि नेपालका हिमाली र पहाडी भेगका निकै स्थानहरूमा निरन्तर रूपमा आन्तरिक हवाईसेवा पु¥याइरहेको छ । नेपालका हवाईसेवाहरूमध्ये पहिलो र महŒवपूर्ण सेवा दिइरहेको यो संस्था देशका विभिन्न ठाउ“हरूका अतिरिक्त विदेशसम्म पनि आफ्नो उडान गराउन स˚ल रहेको छ । निगमले सुलभ र नियमित रूपमा हवाईयात्रुहरूलाई सेवा पु¥याउ“दै आएको छ ।

हिमाली क्षेत्रको प्रतिकूल मौसम, भूधरातलीय अवस्थिति, पर्याप्त प्रविधिको अभाव, उड्डयनसम्बन्धी राष्ट्रिय नीतिको अपर्याप्तता, व्यवस्थापकीय पक्षमा राजनीतिक दबाब र आवश्यकताभन्दा कम साधन–स्रोतजस्ता केही समस्याहरू झेल्दै आएका भए पनि निगम आर्थिक रूपमा धेरै घाटा खपेर पहाडी स्थानहरुमा घाटा व्यहोरेर पनि निगमले उडानहरू सञ्चालन गर्दै आइरहेको छ र हाल सम्म पनि यात्रुहरूप्रति पूर्ण रूपमा सचेत रहेर सञ्चालन भइरहेको छ ।

निगमले सडक नभएका कैयौँ ठाउ“हरूमा हवाईसेवा पु¥याइरहेको छ र हिमाली शृङ्खलाका मनोरम दृश्य हेर्न आउने विदेशी पर्यटकहरूलाई ती स्थानमा पु¥याई सेवा पनि गरिरहेको छ । कतिपय ठाउ“का मानिसहरूले दैनिक उपभोग्य वस्तुहरूको आपूर्तिमा पनि निगममै भर पर्नुपरेको छ । त्यस्ता ठाउ“हरू यातायातका अन्य साधनहरूबाट पूर्ण रूपमा वञ्चित रहेका छन् र मानिस आ˚ै“ले सामान ढुवानी गर्न पनि असम्भव रहेको छ ।

राजधानीबाट अत्यन्तै टाढा र अति दुर्गम स्थानमा रहेका र कुनै पनि यातायातको सम्भावना नरहेका यस्ता स्थानहरूमा निगमले सेवा पु¥याउ“दै आएको छ । केवल हवाई–यातायातका दृष्टिले मात्र निगम महŒवपूर्ण भएको होइन, राष्ट्रको समग्र विकासमा पनि यसको अग्रसरता रहेको स्पष्टै छ । विकट पहाडी स्थानहरूको सम्पर्क राजधानी तथा सुगमका स्थानहरूमा गराएर निगमले एक–अर्काबीच व्यापार–व्यवसाय र सांस्कृतिक आदानप्रदान गराई सामाजिक एकीकरण नै गराइदिएको छ । आवतजावत र सम्पर्क बारम्बार भइरहनाले भाषिक एकीकरण गर्ने र शैक्षिक चेतना जगाउने कार्यमा समेत निगमबाट महŒवपूर्ण भूमिका निर्वाह हु“दै आएको छ ।

विमानसेवाको विकास, विस्तार र व्यवस्थापनले राष्ट्रको विकासका निम्ति महŒवपूर्ण भूमिका खेलेको हुन्छ । अझ पहाडी मुलुकमा त हवाईसेवाको विस्तार नगरीकन अन्य क्षेत्रको विकास गर्न कठिन पर्ने मात्र होइन, असम्भवै हुन्छ । हवाईसेवाको विस्तार गरी देशको विकास गर्न निगमले अत्यन्तै महŒवपूर्ण भूमिका खेल्न सक्दछ । आर्थिक घाटा, विमानको कमीजस्ता निगमले हाल झेल्दै आएका प्रमुख समस्याहरूको समाधान गरी आधुनिक उपकरण तथा अन्य आवश्यकीय वस्तुहरूको परिपूर्ति गर्दै जाने हो भने भविष्यमा निगमले प्रशस्तै सेवा गर्न सक्नेछ ।

विदेशका धेरै मुलुकहरूमा राष्ट्रिय ध्वजावाहकका रूपमा नेपालको छवि ˚ैलाउने कार्यमा निगम उत्तिकै क्रियाशील छ । स्वदेशका सगरमाथा, कञ्चनजङ्घा, ल्होत्से, मकालु, अन्नपूर्ण, मनास्लु, चोयु, धवलागिरि तथा अन्य हिमाली क्षेत्रमा यसले यात्रुहरूलाई दृश्यावलोकन गराइरहेको छ भने विदेशतर्˚ दिल्ली, मुम्वई, बैंगलोर, दुवई, दोहा, क्वालालम्पुर, बैंकक र हङकङ आदि स्थानहरूमा सेवा पु¥याउ“दै आएको छ । निगमले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय धेरै उडानहरू कटौती गरेको भए तापनि आवश्यक व्यवस्था गरी कटौती भइसकेका स्थानमा पनि अब उडानहरू भर्नु अत्यावश्यक भइसकेको छ ।

नेपालका विकट र दुर्गम स्थानहरूमा आधुनिक सञ्चारका साधनहरूको कमी र व्यवस्थित मैदानको अभाव छ । यस्ता समस्याहरूलाई सह“दै निरन्तर हवाईसेवा सञ्चालन गरिरहेकाले समाधानतर्˚ लागिपर्न थाल्नेबित्तिकै निगमले सेवाका स्थानहरू बढाउन सक्नेछ । आन्तरिक तथा बा≈य पर्यटकहरूलाई एक ठाउ“बाट अर्को ठाउ“मा ओसारपसार गर्नु मात्र निगमको कर्तव्य होइन, यातायातको सुविधा नभएका ठाउ“हरूमा उपभोग्य वस्तुको ढुवानी गर्नु पनि यसको कर्तव्य हो ।

हिमालै–हिमाल र पहाडै पहाडले भरिएको हाम्रो मुलुकमा विदेशी पर्यटकहरूलाई भिœयाउन सक्नु र उनीहरूबाट विदेशी मुद्रा आर्जन गर्न सक्नु राष्ट्रप्रतिको कर्तव्य हो । यो कर्तव्यको निर्वाह गर्ने प्रमुख माध्यम यो निगम हो । पर्यटन–उद्योग देशविकासको मेरुदण्ड भएकाले र पर्यटन–उद्योगको विकास निगमको क्रियाकलापमा निर्भर रहेकाले निगमको उचित संरक्षण र व्यवस्थापन गर्नु आवश्यक छ । अनि मात्र पर्यटन क्षेत्रबाट विदेशी मुद्रा आर्जन गर्न र राष्ट्रको उन्नति गर्न सजिलो पर्नेछ ।

प्रतिक्रिया