जापानमा भूकम्प, तीनको मृत्यु

एजेन्सी । जापानको ‌ओसाका शहरमा गएको भूकम्पका कारण कम्तीमा तीन जनाको मृत्यु भएको छ भने केही मानिसहरू घाइते भएका छन्।

भूकम्पकका कारण पर्खालले किचेर एक नौ वर्षकी बालिकाको मृत्यु भएको छ । यस्तै एक जना ८० वर्षका वृद्धको पनि मृत्यु भएको छ ।

बिहान ७ बजेट ५८ मिनेटमा गएकोभूकम्पले बिहानीको व्यस्त समयमा यातायात व्यवस्थालाई अवरुद्ध बनाएको थियो भने दशौं हजार मानिसहरूलाई विद्युतको पहुँचबाट वञ्चित गरेको थियो। रेल सेवाहरू समेत ठप्प भएपछि दशौँ हजार मानिसहरू अलपत्र परेका थिए।

अमेरिकी भूगर्वविद्हरूले उक्त भूकम्प ५ दशमलव ३ म्याग्निच्युडको भएको बताएका छन्। तर, जापानी सञ्चारमाध्यमहरूका अनुसार ओसाका महानगरको उत्तरी भागमा केन्द्रबिन्दु रहेको त्यो भूकम्प ६ दशमलव ३ म्याग्निच्युडको थियो।

भूकम्पका कारण घरहरू भत्किएका र खानेपानीको प्रणालीमा पनि क्षति भएका खबर छन्। तर जापानको कडा भवन निर्माण मापपदण्ड पालना गरेर ठूला भवनहरू बनाइएकोले धेरै ठूलो क्षति हुन पाएन।

ओसाकाबाट आएका तस्बिरहरूमा ट्राफिक लाइट र सडक चिह्नहरूमा क्षति पुगेको र फुटेका पाइपहरूबाट पानीको फोहरा बाहिर बगिरहेको देखिन्छ।

सन् १९९५ मा दक्षिणी जापानको कोबे नगरमामा ७ दशमलब ३ म्याग्निच्युडको भूकम्पले ६ हजार भन्दा बढी मानिसको ज्यान लिएको थियो।

त्यसयता जापानले भूकम्प सम्बन्धी आफ्ना नियमहरूमा कडाइ गरेको छस पुराना विद्यालय भवन, सडक र अरू सार्वजनिक संरचनालाई थप बलियो बनाएको छ।

प्रतिक्रिया