-बाबुकाजी कार्की शिक्षण पेसाप्रति दिनप्रतिदिन आकर्षण बढ्दै गएको छ । निजी क्षेत्रका पेसाभन्दा तुलनात्मकरूपमा आकर्षक सेवा सुविधा भएको कारणले पनि सरकारी शिक्षक बन्ने होड चलेको हो । विद्यालय शिक्षाको लागि विगतमा शिक्षक भर्ना गर्ने नीति नियममा विविधता हुनाले अहिलेसम्म सामुदायिक विद्यालयमा शिक्षक व्यवस्थापन गर्न सरकारलाई सहज भएको छैन् ।
सामुदायिक विद्यालयमा अहिले पनि १८ किसिमका शिक्षकहरू कार्यरत भएको पाइन्छ । राज्यले शिक्षक व्यवस्थापनको लागि दिगो र भविष्यदर्शी नीति लिनुभन्दा पनि टालटुले रणनीति अपनाउनाले अहिलेसम्म शिक्षक स्थायी गर्ने सम्बन्धी कतिपय मुद्दाहरू जिउँका तिउँ रहेका छन् ।
अस्थायी शिक्षकहरूको समस्या समाधानका लागि विगतमा अनगिन्ती समिति र प्रतिवेदन तयार भएता पनि आसातित उपलब्धी हुन सकेको छैन । देश विकासको अपरिहार्य आधारभूत शर्त शिक्षाजस्तो संवेदनशील क्षेत्रमा राज्यको उदासिनता हुनु दुःखद हो । शिक्षा क्षेत्रमा देखिएका अनगिन्ती समस्याहरूमध्ये लामो समयसम्म अस्थायीरूपमा कार्यरत शिक्षकलाई शिक्षक सेवा आयोगबाट स्थायी गर्ने तौरतरिका विवादरहित हुन सकेको छैन ।
वर्षौं अध्यापन गरेका शिक्षकहरू एक्कासी शिक्षक सेवा आयोगको परीक्षा दिनुपर्दा हच्केको पाइन्छ । विद्यार्थीको परीक्षा मात्र लिएका आफूले कहिल्यै परीक्षा नदिएका उमेर ढल्किसकेका शिक्षकहरूका लागि आयोगको प्रतिस्पर्धात्मक परीक्षा काउसो बनेको छ । ‘नखाउँ भने दिनभरीको शिकार खाउँ भने कान्छा बाबुको अनुहार’ भनेजस्तै भएको छ ।
विद्यमान नीतिअनुसार परीक्षा नदिई स्थायी हुन नसकिने भएकोले परीक्षाबाट डराउनुभन्दा पनि तयारी गरेर सम्मिलित भई स्थायी हुनुको विकल्प अहिलेसम्म अगाडी आएको छैन् । हुन त हामीकहाँ ०४८ सालमा अस्थायी शिक्षकहरूलाई सामान्य प्रक्रिया पुर्याएर स्थायी गरिएको नजिर पनि छ । तथापि अहिलेको परिस्थतिमा स्वतः स्थायी हुने कल्पना धेरै परको विषय हो । तसर्थ अस्थायी शिक्षकहरूले धैर्यतापूर्वक परीक्षाको तयारी गरेर सशक्त र सहजरूपमा परीक्षा दिएर स्वाभिमानीपूर्वक स्थायी हुनु नै उत्तम विकल्प हो ।
शिक्षक सेवा आयोगले अस्थायी शिक्षकहरूका लागि स्थायी गर्नको विज्ञापन गरेर परीक्षाको मितिसमेत तोकीसकेको छ । लामो समयसमम अस्थायीरूपमा कार्यरत शिक्षकहरू परीक्षा दिनको लागि जुटेका छन् । यस प्रतिस्पर्धात्मक परीक्षामा सफल हुन विषयवस्तुको ज्ञान, समयको व्यवस्थापन, प्रश्नहरूको आकर्षक र ठोस उत्तर दिन सक्ने कौशलताले अहम् भूमिका खेलेको हुन्छ । आयोगको परीक्षामा सफलता हासिल गर्न 3C = Content, Context & Communication मा विशेष ध्यान दिनु उचित हुन्छ । Content अर्थात् विषयवस्तुको बहुआयमिक अध्ययन हुनु जरुरी छ, ।
विषयस्तुको अध्ययनबाट प्राप्त ज्ञानलाई मौजुदा समसामयिक परिवेश Context मा समायोजन र सम्बोधन हुनेगरी सहज र सरल भाषामा सटिक उत्तर Communicate गर्नु बुद्धिमानी ठहर्छ ।परम्परागत प्रश्नको सोझो उत्तरभन्दा पनि क्ष्ललयखबतष्खभ खालको तर्कपूर्ण मौलिक उत्तरहरू अधिक अंक प्राप्त गर्न लायक हुन्छन् । परीक्षाको तयारी क्रममा विभिन्न उपायहरू अपनाएर घनिभूत अध्ययन गर्नुको साथै परीक्षाका क्लुहरूको जानकारी राख्नु बुद्धिमानी ठहर्छ ।परीक्षाको तयारीका लागि स्रोत सामग्रीको रूपमा पाठ्यक्रम, विषयगत पाठ्यपुस्तकहरू, विशिष्टीकरण तालिका -Specification Grid) लाई विशेष आधार मान्न बिर्सनुहुन्न ।
विशिष्टिकरण तालिकामा प्रत्येक विषयको एकाइ, पाठ्यक्रमको क्षेत्र, विषयगत प्रश्न संख्या, पूर्णांक तथा प्रत्येक प्रश्नको अंकभारको विस्तृत विवरण उल्लेख भएको हुन्छ । पाठ्यक्रम, विशिष्टिकरण तालिका, नमुना प्रश्नपत्रलगायतका उपयोगी अन्य सूचनाहरूको जानकारी शिक्षक सेवा आयोगको वेबसाइट www.tsc.gov.np बाट प्राप्त गर्न सकिनछ । आयोगबाट निकट भविष्यमा लिइने स्थायी शिक्षकको परीक्षाको तयारी तथा सोधिने बहुवैकल्पिक प्रश्नहरूको उत्तर कसरी दिने भन्ने बारेमा केही टिप्सहरू यहाँ प्रस्तुत गरिएको छ ।
बहुवैकल्पिक प्रश्नका उत्तर पनि आफ्नै अगाडी हुने भएकाले सही उत्तरमा चिन्ह लगाउदा हतपत नगरी धैर्यतापूर्वक निष्कर्षमा पुग्नुपर्दछ ।
प्रश्नपत्रको सुझाव (Instruction) र प्रश्नलाई राम्रोसँग पढ्नुपर्छ ।
आयोगको परीक्षा प्रतिष्पर्धात्मक हुने भएकोले साथीलाई उत्तर भन्ने वा देखाउने काम आत्मघाती हुन सक्छ,
समयको व्यवस्थापनका लागि धैर्यतापूर्वक प्रश्नको संख्या, दिएको अंकभार तथा तोकिएको समयलाई विभाजन गर्नुपर्दछ,
पाठ्यक्रममा तोकेका विषयवस्तुहरूको विस्तृत अध्ययन गर्न यथासम्भव धेरै स्रोत सामग्रीहरू जुटाउने प्रयास गर्नुपर्दछ,
प्रिन्टेड सामग्री नपाए पनि अहिले प्रायसः सबै संघसंस्थाले आ–आफ्नो website मा सूचना प्रवाह गरेका हुन्छन । तसर्थ आवश्यक सामग्री internet मार्फत website मा खोज्नुपर्छ, यसबाट पछिल्लो ताजा सूचनाहरूको जानकारी एकै स्थानमा बसेर लिन सकिन्छ ।
नियमितरूपमा विस्तृत र गहन अध्ययन गर्ने,
आधारभूत कुराहरू थाहा पाउने गरी सम्बन्धित विषयको परिभाषा र यसको अर्थ समेतको गहन अध्ययन गर्ने,
परिभाषामा प्रयोग भएका शब्दहरूको बारेमा पनि विस्तृत जानकारी राख्ने,
विगतमा सोधिएका प्रश्नहरू तथा नमूना प्रश्नहरूको पर्याप्त अध्ययन तथा हल गर्ने ,
प्रश्नपत्रमा लेख्नुपर्ने रोल नं, नामलगायतका माग भएका आवश्यक विवरण प्रश्नको उत्तर लेख्नु अगाडी नै भर्ने, सम्भव भएमा घण्टी बज्नुभन्दा अगाडी, कुनै शव्द वा Terminology को बारेमा यकिन नभएमा शव्दकोष वा अन्य सम्बन्धित स्रोत सामग्री अध्ययन गर्ने,
विषयअनुसारको मुख्य अवधारणा -Concept) लाई महत्व दिएर पढ्ने,
सामान्य सम्झिने भन्दा पनि विस्तृत जानकारी राख्ने गरी अध्ययन गर्नाले दिगो सिकाइ हुन्छ,
आफूभन्दा राम्रो तयारी गरेको साथीसँग छलफल गरेर पढ्नाले कतिपय कुराहरू स्पष्ट र स्थायी हुन्छन,
परीक्षालाई सहज सामना गर्ने मानसिकताका साथ शारीरिक, मानसिक, खानपान, आहार विहार सन्तुलित र सहज हुनुपर्दछ,
डर, त्रास तथा अनिदो बस्ने तनाव लिनेलगायत नकारात्मक प्रवृतिबाट टाढै रहनुपर्दछ,
कुन विषय र क्षेत्रमा आफ्नो राम्रो दख्खल र कुनमा कमजोर छु भन्ने जानकारीको आधारमा अध्ययनको समय र सामग्रीको चयन गरिनु बुद्धिमानि ठहर्छ,
परीक्षा हलमा समयमा नै प्रवेश गर्ने तथा लुगा आदि ड्रेसअप पनि सहज र साधारण comfortable हुनुपर्दछ,
बहुवैकल्पिक प्रश्नहरूको उत्तरमा चिन्ह लगाउँदा निर्देशनअनुसार एकै किसिमका लगाउने (रेजा वा गोलो घेरा) ,
सम्भावित आफूलाई कन्फयुज लागेको उत्तरमा हतार गरेर एकै पटक स्थायी चिन्ह नलगाउने, सानो संकेत राखेर अरू सही उत्तरको बारेमा सोचेर यकिन गर्ने,
माथीका सबै भन्ने उत्तरहरू प्रायशः सही हुन सक्छन्,
माथीका कुनै पनि होइन भन्ने उत्तरहरू प्रायशः गलत हुन सक्छन्,
दोहोरो नकारात्मक प्रश्नहरूले झुक्याउने भएकोले सचेत हुने,
लामो प्रकृतिका उत्तरहरू प्रायः सही हुन्छन्,
समयको व्यवस्थापन राम्रोसँग गर्ने यदी कुनै प्रश्नको उत्तर १ मिनेटमा दिन नसक्ने भए छोडेर पछी हल गर्ने,
प्रश्नहरू हल गरिसकेपछी थोरै समय पुनरावलोकनका लागि पनि छुट्याउन बिर्सनु हुँदैन ।
कतिपय प्रश्नका उत्तरहरू त्यही प्रश्नपत्रको अन्य प्रश्न वा उत्तरहरूसँग पनि मिलेको हुन सक्छन् चनाखो हुने,
यदी आफूलाई उत्तर यकिन भएन र गलत उत्तरमा चिन्ह लगाएबापत एभलबतिथ को प्रावधान नभएमा अन्दाजको भरमा पनि चिन्ह लगाउने र कुनै पनि प्रश्न नछोड्ने,
एकपटक चिन्ह लगाइसकेपछि त्यही प्रश्नको उत्तरमा फेरी केरमेट गरेर अर्को चिन्ह लगाउनुको कुनै अर्थ छैन ।
परीक्षा सकेर बाहिर निस्केपछी भएका कमजोरीहरूलाई भविष्यमा अन्य परीक्षाको तयारीको लागि काम लाग्ने हेतुले समीक्षा गर्नु बुद्धिमानि ठहर्छ । (पूर्व जिल्ला शिक्षा अधिकारी)
प्रतिक्रिया