नयाँ बजार र मणिमुकुन्द क्वार्टरफाइनलमा

काठमाडौं । नयाँ बजार सामाजिक युवा क्लब र मणिमुकुन्द क्लब चौथो एनएसटी–एनभिए राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगितामा क्वार्टरफाइनलमा पुगेको छ । बुधबार भएको लिगको अन्तिम खेलमा नयाँ बजारले काभ्रे जिल्ला भलिबल संघमाथि ३–० को सोझो सेटमा जित निकाल्दै उपविजेताको रूपमा अन्तिम ८ मा स्थान बनायो । प्रतिस्पर्धात्मक खेलमा नयाँ बजारले काभ्रेलाई २५–१७, २७–२५ र २६–२४ को सेटमा हराउँदै क्वार्टरफाइनलमा आर्मीसँग भेट पक्का ग¥यो ।

अर्को खेलमा मणिमुकुन्दले पश्चिमाञ्चल भलिबल संघलाई ३–१ को सेटमा हराउँदै समूह ‘ए’ बाट उपविजेताको रूपमा स्थान सुरक्षित ग¥यो ।पहिलो सेट २५–१८ ले जितेको मणिमुकुन्दले दोस्रो सेट २१–२५ ले गुमाए पनि त्यसपछिको २ सेट लगातार आफ्नो पक्षमा पारेको थियो । मणिमुकुन्दले तेस्रो र चौथो सेट लयमा फर्कंदै क्रमशः २५–१८ र २५–१५ आफ्नो पक्षमा पार्दै क्वार्टरफाइनलमा एपिएफसँगको भेट पक्का ग¥यो ।

पुरुषतर्फको अन्तिम लिग खेलमा जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रले बुढानीलकण्ठलाई २५–२०, २५–१७, १९–२५ र २५–२३ को सेटमा हराउँदै समूह उपविजेताको रूपमा क्वार्टरफाइनलमा हेल्प नेपाल स्पोर्टस क्लबसँग भेट पक्का ग¥यो । अर्को क्वार्टरफाइनलमा पुलिस र ढोरपाटन खेल्नेछन् । त्रिपुरेश्वरको कभर्डहलमा सञ्चालन भएका महिलातर्फको खेलमा शिवम् न्यु डायमण्डले आर्मीलाई २५–१५, २५–११ र २५–२० को सोझो सेटमा हराउँदै समूह विजेताको रूपमा सेमिफाइनमा प्रवेश गरेको छ ।

महिलाको अर्को खेलमा पद्मदय युथ क्लब चितवनले ढोरपाटन स्पोर्टस् क्लबलाई ३–१ को सेटमा हराउँदै सान्त्वना जित निकालेको छ । पद्मदयले ढोरपाटनलाई १९–२५, २५–१६, २५–९ र २५–२० को सेटमा हराएको थियो । नेपाल भलिबल संघको आयोजनामा जारी प्रतियोगितामा महिलातर्फ ७ टोलीले सहभागिता जनाएको छ ।

प्रतिक्रिया