सामथ्र्य र स्वाभिमानमाले परिवर्तन संभव 

आनन्दप्रसाद पोखरेल 

नेपाल र नेपाली जनताको एकीकृत संघर्षले आधुनिक नेपालको निर्माण सम्भव भयो । पछिल्लो जनक्रान्ती सम्पन्न भएको छ ।

संविधानसभाबाट संघीय लोकतान्त्रिक गणतन्त्रको नयाँ संविधान घोषणाभई कार्यान्वयन हुँदै छ । पराईको असहमति, विरोध र धम्कीका बाबजुद ९० प्रतिशत जननिर्वाचित सभासद्को अनुमोदनमा संविधान घोषणा भयो ।

स्वभाविक हो, विविधतायुक्त नेपाली जनताको उपस्थिति रहेको मुलुकमा असहमति र विरोध हुनु । यो विरोध पनि नेपाली जनताको चाहना र आवश्यकतामा थिएन ।

हाम्रा दक्षिणका छिमेकीको उक्साहट र प्रायोजनका कारण प्रकट भएको थियो । त्यसको बाबजुद तत्कालीन प्रधानमान्त्री केपी ओलीको सरकारले सबै षड्यन्त्रलाई चकनाचुर पार्दै भारत सरकारलाई दबाबमा राख्न सफल भएको थियो ।

विरोध तोडफोड र नाकाबन्दीको हतियार निस्तेज भएपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो विदेश भ्रमणको क्रममा अन्तर्राष्ट्रिय जगतलाई नेपालविरुद्ध उभ्याउन भगिरथ प्रयत्न गरे ।

युरोपियन युनियन, बेलायत, जापान लगायतका देशहरूले मोदीसँगको संयुक्त वक्तव्यमा नेपालको संविधान संशोधनको विषय उनीहरूको एजेन्डा बनाए । अमेरिकालाई पनि यसमा मुछ्ने प्रयत्न गरिएको थियो त्यो संभव भएन ।

दक्षिणको छिमेकीले नेपालको नयाँ संविधान खारेज वा संशोधनलाई आफ्नो प्रतिष्ठाको विषय बनाइरह्यो ।फलतः नेपालको संविधान घोषणापछि बनेकोे केपी ओलीको सरकारलाई ढाल्ने नियतकासाथ कथित अविश्वासको प्रस्तावमार्फत विस्थापन गर्ने भारतले नै योजना बनाएको प्रमाणित भयो ।

नेपालका दक्षिणपन्थी राजनीतिक शक्ति र भारतीय इशारालाई आदेश मान्ने शक्ति त परिचालित भएर नै स्वयं गठबन्धनमा भएको माओवादी केन्द्रसमेत भारतीय शासकद्वारा प्रयोग भयो ।

झन्डै संविधान र मुलुकको अस्तित्व नै खतरामा पर्ने स्थिति देखापर्यो । नेकपा एमालेलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय दुबै क्षेत्रबाट अलग्याएर मधेसी दल र भारतीय चाहना पूरा गर्ने गठबन्धन बनाइयो ।

संविधान संशोधनको भारतीय एजेन्डालाई मधेसको मागको नाममा एमाले इतरको राजनीतिक सत्ताको एजेन्डा बनाई संविधान संशोधनको असफल प्रयत्न गरियो ।

तर, यसलाई नेकपा एमालेलगायत अन्य राष्ट्रवादी सांसदद्वारा असफल गराइयो । संविधान कार्यान्वयन गर्न नदिने योजनासहित निर्वाचन हुन नदिने अनेकौँ षड्यन्त्र भयो । स्थानीय निर्वाचनमा एमाले विरोधी गठबन्धन बनाइयो ।

यी र यस्ता सबै हर्कतहरूलाई पराजित गरी स्थानीय निर्वाचनमा एमाले पहिलो शक्ति बन्न सफल भयो । राष्ट्रिय परिस्थिति बिस्तारै एमालेको पक्षमा विकसित भइरहेको अवस्थामा नेकपा एमाले र माओवादी केन्द्र समेतको संयुक्त वाम गठबन्धन बन्यो ।

संयुक्त वाम गठबन्धन निर्माण भयो र यसले एउटै घोषणा पत्रमा निर्वाचन लडेर दुईतिहाइ बहुमतकोे नतिजा प्राप्त गरेको छ । सात प्रदेश मध्ये ६ प्रदेशमा वामपन्थीको नेतृत्वमा सरकार बन्न सफल भयो ।

केन्द्रमा पनि दुईतिहाइ मतको सर्मथनमा सरकारको नेतृत्व क. केपी ओली गर्दैछन् । कसैको बुतामा नभई नेकपा एमाले र माओवादी केन्द्रको कुशल नेतृत्व सही विचार, दृढ इच्छा शक्ति, समर्पण र नेपाली जनताको परिवर्तनलाई संस्थागत गर्ने चाहनाले नै यो हैसियत प्राप्त भएको हो ।

प्रतिक्रियावादीहरू यो नतिजामा खुसी छैनन् । घरेलु प्रतिक्रियावादीहरू र यसका विदेशी मतियारहरू यो गठबन्धन तोडेर विघटनतिर लैजान अझै प्रयत्नशील छन् । यो स्वभाविक पनि हो ।

उनीहरूको धैर्यता गुमेको छ । आदेश तामेली गर्ने राजनीतिक दलहरू पराजित भएका छन् । सामन्त पुँजीवादी धरातल धर्मराएको छ । नेपाली शासकमार्फत आफ्ना विरोधीलाई अवरोध खडा गर्ने हतियार भुत्ते भएको छ ।

नेपालको स्वाभिमान र आत्मसम्मानमा हस्तक्षेप गर्ने साधन गुमेको छ । नेपाललाई सधैँ अस्थिर राख्ने प्रयत्न विफल भएको छ । नेपालको अर्थतन्त्रलाई दरबार र माफियाको कब्जामा राख्ने चाहना धरापमा परेको छ ।

प्राकृतिक स्रोतलाई आफ्नो हितमा प्रयोग गर्ने र नेपालको विकासमा बाधक बनी राष्ट्रिय महत्वका योजनाहरू ओगटेर राख्ने सपनामा तुषारापात भएको छ । स्वाभिमान आत्मनिर्भर अर्थतन्त्र निर्माणको ढोका खुलेको छ ।

गरिबी निवारण र समृद्धिको ढोका खुलेको छ । दिगो विकास लक्ष्य पूरागर्न अवसर प्राप्त भएको छ । यो कसैको वैशाखीमा संभव भएको होइन ।

वर्तमान कामचलाउ सरकार अझै अरूको इसारामा नेपाललाई असफल राष्ट्र बनाउने गरी आफ्ना काम कारवाही अगाडि बढाइरहेको छ ।

एकपछि अर्काे राष्ट्रलाई बोझ हुने निर्णय गर्दै छ । नेपालको आर्थिक स्थिति धरासाही बनाउँदै नयाँ आउने सरकारलाई थप दायित्व बढाउन उद्दत छ । राष्ट्रिय ढुकुटी रित्तो छ ।

बैंकमा तरलताको अभाव छ । रिमेट्यान्स दिनप्रतिदिन घट्दै छ । व्यापार घाटा कहालीलाग्दो छ । रोजगारी सिर्जना हुन सकेको छैन । उत्पादन र उत्पादकत्व दिनानुदिन घट्दो छ ।

संघीय संरचनालाई कार्यान्वयन गर्न आर्थिक व्ययभार बढिरहेको छ । महँगी र मुद्रा स्फृति बढिरहेको छ । यो यथार्थको जगमा पुनः ओलीले सरकारको नेतृत्व गर्दैछन् ।

यही प्रतिकूलतालाई चिर्दै साहस र हिम्मतका साथ मुलुकलाई आमूल परिवतन गर्ने दृढ इच्छाशक्ति नयाँ सरकारका नेतृत्वकर्ता ओलीसँग हुनु जरुरी छ ।

यतिवेला अरूतिर फर्केर हेर्नुभन्दा वाम गठबन्धनका नेताहरूले बस्तुनिष्ठा ढंगले आफ्नो स्वतः र आफ्नो क्षमतालाई आफैँले बु बुभ्mनुपर्दछ । सक्छौ भन्ने मानसिकता उच्च मनोबल हुन जरुरी छ ।

हाम्रा नेताले नेपालको राजनीतिक इतिहास र अर्थराजनीति, भौगोलिक अवस्थिति र छिमेकीको उपनिवेशिक मानसिकता, हैकमवादी प्रवृत्तिलाई बुझेका छैनन् भनेर कसैले पत्याउँदैन ।

जसरी नेपालमा वाम गठबन्धन र पार्टी एकता नरुचाउने तागत थियो र छ ।

छिमेकीबाट तलबी भूमिकामा बनेका पार्टीभित्रका धमिराहरू विभिन्न जामा पहिरी, गुट बनाई नेता र नेतृत्वलाई आफ्नो कब्जामा राख्ने, कहिले सहमति र कहिले धम्कीको भाषा प्रयोग गरी नेतृत्वमा जमिरहने र पार्टीको वैचारिक सांगठनिक एकतामा भाँजो हाल्ने भूमिकामा छन् ।

मुलुकको सबैभन्दा बदनाम र भष्ट्र नोकरशाही दलाल पुँजीवादी, कमिसनखोरको आडभरोसामा पार्टी नेतृत्व कब्जा गर्ने प्रवृत्ति पार्टीभित्र छ ।

यसैगरी आफूलाई केन्द्र भागमा राखी मुलुकको सकारात्मक परिवर्तनको अवरोध गर्ने वर्ग तह पनि हाम्रा वरिपरि छ । यसमाथि निर्मम प्रहार गर्नु जरुरी छ ।

नेतृत्वले पार्टीभित्र र पार्टी बाहिरका धमिराहरू चिनेको छैनन् भनेर कसैले पत्याउँदैन । यी सबै ब्याक्टेरिया र भाइरसलाई पराजित गर्नसक्ने नेतृत्व नै नेपाली वामआन्दोलनका नेतृत्व र नेता हुन् ।

नेकपा एमालेको नवौँ महाधिवेशनपछि निर्वाचित अध्यक्ष नेता क. केपी ओलीले यो नेतृत्व क्षमता देखाइसकेका छन् । मुलुकलाई संकटग्रस्त स्थितिबाट मुक्त गरेर आजको स्थितिमा ल्याउने भूमिका निर्वाह गरिसकेका छन् ।

त्यसमा पनि १० वर्षे जनयुद्ध लडेका नेता क. प्रचण्डसमेत यो गठबन्धनको नेता र सहयात्री छन् । यो अत्यन्त सकारात्मक अग्रगामी विषय हो ।

नेपालको राष्ट्रियता सार्वभौमिक अखण्डता, स्थिरता, विकास र समृद्धि ल्याउन सक्ने तागत यो नेतृत्वसँग छ । सच्चाइ र विश्वास पनि यही हो ।

 अब यो नेतृत्वले नेपाली जनताको विश्वास र भरोसालाई कार्यान्वयन गर्ने वेला आफ्नो शक्ति प्रभाव र नेतृत्व क्षमतालाई कम आँकी हाम्रो सहकार्य, गठबन्धन पार्टी एकतालाई देशी विदेशी प्रतिक्रियावादी चलखेल गरेर पार्टी एकता हुनै दिँदैनन् भनेर आफ्नै भित्रबाट प्रचारबाजी सुरु भएको छ ।

पार्टी एकतालाई सरकार बन्ने वा बनाउने, सरकारमा जाने वा नजाने सर्तबन्दीका अभिव्यक्ति स्वयं दलका नेताबाट आउनु किमार्थ राम्रो सन्देश होइन । दुनियाँका सबै प्रतिक्रियावादीलाई पराजित गर्न क्षमता भएका नेता र नेतृत्वले यदि, तर, किन, कि, अर्थात्जस्ता शब्द प्रयोग गर्नु हुँदैन ।

यो गठबन्धन टुटाउने र अप्राकृतिक जनादेश विपरीतको गठबन्धनको कल्पना गर्नेहरू सबै राष्ट्र जनताका सत्रु, मुलकका वैरी, स्थायीत्व, विकास र समृद्धिका बाधक हुन् । यिनीहरूलाई प्रतिक्रियावादीको कित्तामा राख्नुपर्छ ।

आशा छ यी सबै पश्चगामी तत्वलाई नेतृत्वले पराजित गरी १७ असोजमा नेकपा एमाले र माओवादी केन्द्रले घोषणा गरेका वाचा र प्रतिवद्धताहरू, जनताको जनमतलाई हृदयंगम गरी दृढताका साथ कार्यान्वयमा क. ओलीजी अगाडि बढ्नेछन् । यो ताकत उनीसँग छ ।

एकपटक आँखा चिम्लेर आफ्नो ताकत र जनताको समर्थनले आँकलन गरी आपूmसँग भएको क्षमता पहिचान गर्ने वेला आएको छ । अब व्यक्तिगत महत्वकांक्षा र स्वार्थ थाती राखेर हिम्मत राखेमा गन्तव्य अवश्य भेटिन्छ । त्यसैले कस्तुरी मृग आफैँभित्र रहेको बिना खोज्न अन्तै भौँतारिए जस्तै भौँतारिनु पर्दैन ।

नमिलेका तपाईंका विचार सिद्धान्त महाधिवेशनमार्फत प्राप्त हुनेछन् । संगठन र सांगठानिक संरचना महाधिवेशनद्वारा दिशानिर्देश हुनेछन् ।

आगामी सरकार सञ्चालन संयुक्त घोषणा पत्र र जनादेश हो । पुनः जोड दिन्छु विना मुटुमा छ, दिमागमा छ, यहाँकै सहास र हिम्मतमा छ, शुद्धमनले नेतृत्व गर्ने आँट गर्नुहोस् ।

प्रतिक्रिया