छिट्टै टुट्छन् ‘भ्यालेन्टाइ डे’ गरेको विवाह

एजेन्सी
लन्डन । प्रेम जोडीका लागि अंग्रेजी नयाँ वर्ष सुरुआतको सबैभन्दा रोमाञ्चक दिन मानिन्छ १४ फेब्रुअरी अर्थात ‘भ्यालेन्टाइन डे’ लाई । संसारका कैयौँ प्रेम जोडीहरू यो दिन विवाह गरेर यस दिनलाई बिर्सन नसकिने बनाउन चाहन्छन् । तर, एउटा अनुसन्धानले के देखाएको छ भने जसले भ्यालेन्टाइन डेको अवसर पारेर विवाह गरेका छन्, उनीहरूको विवाहपछि सम्बन्धविच्छेदमा टुंगिएको छ ।

शोधकर्ताले एउटा अनुसन्धानको हवाला दिँदै भनेका छन्, ‘१४ फेब्रुअरीमा गरिएको विवाह अधिकांश असफल रहेका छन् ।’ यो बाहेक अनुसन्धानमा यो पनि पनिएको छ कि जसले यो दिन विवाह गर्छन् उनीहरूको नाता धेरै दिन रहँदैन । मेलवर्न युनिभर्सिटीद्वारा गरिएको यो रिसर्चमा १४ फेब्रुअरीमा गरिएको विवाह टुट्ने संभावना ३७ प्रतिशत हुन्छ । यसका साथै प्रेम दिवसको दिन विवाह गर्ने जोडीमध्ये ४५ प्रतिशतभन्दा कमले मात्र तेस्रो म्यारिज एनिभर्सरी मनाउने सौभाग्य पाउँछन् ।

यो अध्ययन करिब १० लाख जोडीहरूमा गरिएको अनुसन्धानपछि आएको निष्कर्ष हो । यसमा भनिएको छ कि यस दिन गरिएको ६ प्रतिशत विवाह तीन वर्ष भित्रै टुंगिन्छ । यो चार प्रतिशतको औसतभन्दा दुई प्रतिशत बढी हो । यस अनुसन्धानमा सहभागिता जनाएकाहरूको भनाइ छ, ‘खास दिनको अवसर पारेर गरिने विवाहले रौनकता त बढाउँछ तर त्यसमा गरिएको वाचा कबोलको महत्व कम हुन्छ ।’ यो अनुसन्धानले के पनि देखाएको छ भने ‘प्रेम सप्ताह’ मा गरिएको विवाह पनि धेरै टिक्दैन ।

 

प्रतिक्रिया