जेठ ४ गते देखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज बोहरा आज ३१औं दिनमा बालुवाटार आई पुगेका छन् । आज बिहान कलंकीदेखि उनी बालुवाटार आइपुगेका हुन । कर्णालीको अनियमितता र भ्रष्टाचार बिरुद्ध उनी खाली खुट्टा खबरदारीका लागि बालुवाटार आएका हुन् । सम्भव भए प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्ने नत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा कर्णालीका मुद्दाहरू राख्ने उनले बताएका छन् ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।
प्रतिक्रिया