विश्वका विशिष्ट आमाहरू 

महिलाका लागि सबैभन्दा कठिन समय आमा बन्नु र सन्तान हुर्काउनु हुन्छ । त्यसमा पनि सामाजिक पदमा रहेकी महिलाका लागि त्यो समय जति कठिन हुन्छ त्यत्ति नै चर्चा पनि । विश्वमा केही त्यस्ता महिलाहरू थिए र छन् पनि जो उच्चतहमा रहेर सन्तान जन्माए र जन्माउँदै छन् । सन्तान जन्माउने काम चाहेर पनि कसैलाई दिन वा त्यसमा कसैले सहयोग गर्न सक्दैन । त्यो प्रकृतिक नियम हो । विश्वका यस्तै केही महिलाहरूका बारेमा चर्चा गरौँ ।

करिब ३० वर्षअघि मुस्लिम देश पाकिस्तानको प्रधानमन्त्री पदमा रहेकै वेला स्वर्गीय बेनजिर भुट्टो आमा बनेकी थिइन् । भुट्टोले छोरी बख्तावरलाई सन् १९९० को जनवरीमा जन्म दिएकी थिइन् । यतिवेला न्युजिल्यान्डकी ३७ वर्षीया प्रधानमन्त्री जसिन्डा आर्डन संसारकी दोस्री नेतृ प्रधानमन्त्री हुँदा नै आमा बन्दै छिन् । आर्डनलाई आमा बन्न राजनीतिक वातावरणका कारण जति सहज छ । सन् १९९० मा बेनजिरलाई आमा बन्न त्यति सहज थिएन ।

उनका विरोधीहरूबाट प्रधानमन्त्रीले सुत्केरी बिदा पाउँदैनन् भनेर उनले खप्की खानुपरेको थियो । त्यतिवेला पत्रपत्रिकाहरूमा यस्तो पनि छापिएको थियो । ‘प्रधानमन्त्री भइरहँदा भुट्टोले दोस्रो बच्चालाई जन्म दिनेबारे सोच्न हुँदैन थियो ।’ सम्मका कुरा आएका थिए । त्यतिवेला अखबारका पानाहरूमा यस्ता समाचार छापिन्थे, ‘अगुवाहरूबाट मानिसहरूले त्याग अपेक्षा गर्छन् । तर, हाम्री प्रधानमन्त्रीलाई त सबै चाहिन्छ, मातृत्व, पारिवारिक सुख, जिम्मेवारी, तडकभडक । यस्ता मानिसलाई लोभी भनिन्छ ।’ सम्मका आरोप खेपिन् उनले ।

सन् १९८८ मा प्रधानमन्त्री बन्नुअघि पनि जब बेनजिर गर्भवती थिइन् र त्यतिवेला उनी गर्भवती हुनुलाई एकखालको राजनीतिक अस्त्र बनाइएको थियो । बिबिसीका लागि लेखेको ‘प्रेग्नेन्सी एन्ड पोलिटिक्स’ (गर्भवती र राजनीति) नामक लेखमा उनले भनेकी थिइन, ‘सन् १९७७ पछि जिया– उल–हकले पहिलोपटक पाकिस्तानमा लोकतान्त्रिक तरिकाले चुनाव गराउने घोषणा गरेका थिए । उनलाई थाहा थियो कि त्यतिवेला म गर्भवती थिएँ ।

उनलाई लागेको थियो कि एक गर्भवती महिलाले चुनावी अभियान चलाउन सक्दिनन् ।’ ‘उनको अनुमान सहि थिएन, म चुनावका सबै मोर्चामा तयार थिए । म निर्वाचनमा सक्रिए भए र चुनाव जितेर त्यस्तो धारणालाई गलत सावित गरिदिए ।’ सन् १९८८ मा भएको चुनावको केही महिनाअघि उनको छोरा बिलावलको समय अगावै जन्म भयो । उनलाई चिकित्सकले दिएको समय अगावै बिलावलको जन्म भएको थियो । उनले चुनाव जितिन् र प्रधानमन्त्री बनिन् । स्वभाविक रुपमा ३० वर्षपछि परिस्थिति केही हदसम्म फेरिएको छ ।

तैपनि समस्या भने उस्तै छ । पुरूष राजनीतिज्ञहरूले राजनीतिमा मात्रै ध्यान दिन सक्छन् भने महिलाचाहिँ राजनीतिबाहेक विवाह, बच्चाजस्ता विषयमा पनि ध्यान दिनुपर्छ । यो पुरूषले चाहेर पनि गर्न सक्ने काम होइन् । त्यो प्राकृतिक रूपमा महिलाले मात्र गर्न सक्छन् ।  त्यति मात्रै होइन पदमा रहँदा बच्चा जन्माउने कि नजन्माउने भन्नेबारे पनि उनीहरूले सोच्नुपर्छ । सन् २००७ मा अस्ट्रेलियाकी जुलिया गिलार्डबारे ‘बाँझी र शासन गर्नका लागि अनुपयुक्त’ जस्ता शब्द प्रयोग गरी अपमान गर्ने प्रयास भयो ।

तर, जुलिया त्यसपछि त्यहाँकी प्रधानमन्त्री बनेकी थिइन् । अस्ट्रेलियाका केही ठूला नेताले जुलियाका सन्तान छैनन् भन्दै उनलाई सत्ता चलाउन अयोग्य भएकोसमेत आरोप लगाएका थिए ।  गतवर्ष ब्रिटेनको संसदीय चुनावअघि एक गर्भवती महिला उम्मेदवारबारे एकजना स्थानीय नेताले भनेका थिए, ‘उनी त बच्चाको थाङ्ना बदल्नमै व्यस्त हुन्छिन्, उनले जनताको आवाज कसरी उठाउन सक्छिन् ? एक गर्भवती महिला कुशल सांसद कसरी बन्न सक्छिन् ?

उनको लागि बच्चा हुर्काउन नै ठीक छ ।’ जस्तो शब्दले अपमान गर्ने र अविश्वासको भ्रम फैलाउन खोजिएको थियो । जर्मनीकी एंगेला मार्केल हुन् वा भारतकी मायावती, महिला नेतृहरूलाई विवाह नगरेको वा बच्चा नजन्माएको कारणले निकै खप्की सुन्नुप¥यो ।सन् २००५ मा चुनाव प्रचारप्रसारका क्रममा मर्केलका बारेमा यस्तो भनिएको थियो, ‘मर्केलको जुन व्यक्तिगत विवरण छ त्यसले देशका धेरैजसो महिलाहरूको प्रतिनिधित्व गर्दैन ।’ यसमा पनि भन्न त्यही खोजिएको थियो कि उनी आमा होइनन् ।

त्यसैले उनले परिवारसँग जोडिएका विषयहरू बुझ्न सक्दिनन् । भारतको उत्तरप्रदेशको मुख्यमन्त्री मायावतीले जेलमा रहेका वरूण गान्धीसँग भेट्न मेनका गान्धीलाई अनुमति दिएकी थिइनन् । यसबारे मेनकाले मायावतीप्रति आक्रोश पोख्दै भनेकी थिइन्, ‘एउटी आमाले मात्रै मेरो भावनालाई बुझ्न सक्छिन् । राजनीतिक यात्रामा गृहस्थी र बच्चालाई पनि सम्हाल्नुपर्ने जिम्मेवारी जब महिला नेतृमा आइपर्छ तब सामाजिक र पारिवारिक समर्थन उनलाई चाहिन्छ ।

ब्रिटेनमा सन् २०१२ मा डा. रोजी क्याम्बेल र प्राध्यापक साराको एक अध्ययनका अनुसार आमनागरिकको तुलनामा महिला सांसदको बच्चा नजन्मने सम्भावना दुई गुणाले हुन्छ । साथै जब ब्रिटेनमा महिला पहिलोपटक संसद्मा आउँछन्, तब औसतमा उनीहरूको पहिलो सन्तान १६ वर्षको हुने गरेको छ । तर, पुरुष सांसदको पहिलो बच्चाको उमेर १२ वर्ष हुन्छ । अर्थात् युवा महिला सांसदलाई राजनीतिको माथिल्लो पदमा पुग्न समय लाग्छ । तर, पुरूषका लागि यस्ता कुराले कुनै फरक पार्दैन ।

समाज विकास हुने क्रममा कैयौँ देशमा महिला सांसदको लागि नयाँ प्रावधान लागू गरिएको छ । जसले गर्दा महिलाहरूले बच्चाको जिम्मेवारीका साथै संसद्को कामकाज पनि सहज तरिकाले गर्न सक्छन् । अस्ट्रेलियामा सन् २०१६ मा सदनको चेम्बर बसेर महिला सांसदले आफ्नो बच्चालाई स्तनपान गराउन पाउने अनुमति दिइएको थियो । सन् २०१७ मा त्यहि अनुमतिको सदुपयोग गर्दै सदनमा बच्चालाई स्तनपान गराउने पहिलो महिला सांसद ल्यारिसा वाटर्स बनेकी थिइन् ।

उनले संसद चलिरहेको अवस्थामा संसद्मा बसेर आफ्नो बच्चालाई स्तनपान गराएको तस्बिरलाई विश्वभरका सञ्चार माध्यमले निकै प्राथमिकता दिएको थियो । पछिल्ला केही हप्तादेखि भने विश्वको ध्यान न्युजिल्यान्डकी प्रधानमन्त्रीमाथि परेको छ । सामाजिक सञ्जालमा हरेकजसो विषयबारे टिप्पणी हुने अहिलेको समयमा उनी आमा बन्ने पहिलो प्रधानमन्त्री हुनेछिन् ।

उनको बारेमा अहिले निकै चर्चा हुने गरेको छ ।  राजनीतिमा लागेका महिला आमा हुन जति चर्चाको बिषय बन्न बाबु बन्नेहरूका लागि त्यसले फरक पार्दैन । सन्तान जन्माउने प्राकृतिक क्षमता महिलामा मात्र भए पनि हुर्काउने दायित्व पुरूषमा पनि हुने हो भने जिम्मेवारी विभाजन हुन सक्छ । (एजेन्सीको सहयोगमा)

 

प्रतिक्रिया