भेट्रान्स एथलेटिकमा जिएन दाई निरन्तरता

काठमाडौं । गोवर्धननाथ शर्मा (जिएन दाइ) नेपाल एमेच्योर भेट्रान्स एथलेटिक कमिटीको अध्यक्षमा पुनः निर्वाचित भएका छन् । शनिबार लाजिम्पाटमा सम्पन्न भेट्रान्स खेलाडीको संगठनको साधारणसभाले जिएन दाइको अध्यक्षतामा दोस्रो कार्यकालका लागि १५ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध चयन गरेको हो । नयाँ कार्यसमितिको पहिलो बैठकले अन्तर्राष्ट्रिय महासंघको निर्देशन अनुरूप संघको नाम परिवर्तन गर्ने निर्णय ग¥यो ।

अब संघको नाम ‘नेपाल एमेच्योर मास्टर्स एथलेटिक संघ’ रहनेछ । समितिको प्रथम उपाध्यक्षमा रुपालशमशेर जबरा तथा थप उपाध्यक्षमा यज्ञलाल श्रेष्ठ, पम्फा कुँवर, श्याम चित्रकार र गीर्वाणविक्रम शाह रहेका छन् । महासचिव र कोषाध्यक्षमा पनि पुनः शशिराज सुवेदी र भैरव शाहीलाई निरन्तरता प्रदान गरिएको छ ।

सदस्यमा केशरी चित्रकार, विजयलक्ष्मी शाही, चन्दन चौधरी, मञ्जना बज्राचार्य, लक्ष्मीदत्त भट्ट, विश्वरत्न मानन्धर र राधा श्रेष्ठ निर्वाचित भएका छन् । कार्यसमितिलाई प्रमुख निर्वाचन अधिकृत नारायणराज अर्यालले प्रमाणपत्र वितरण गर्दै गोपनीयताको शपथ खुवाएका थिए । पूर्वखेलाडीको कमिटीलाई सन् २०१७ मा एसियन मास्टर्स एथलेटिक्सले सदस्यता प्रदान गरेको थियो ।

प्रतिक्रिया