काठमाडौं, २३ पुस । तापक्रम घटेका कारण काठमाडौंसहित देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आइतबार काठमाडौंमा यो वर्षको सबैभन्दा कम तापक्रम रहेको छ ।
मौसमविद्काअनुसार काठमाडौंको तामक्रम आइतबार शून्य डिग्रीमा पुगेको छ । काठमाडौंको तापक्रम माइनस एकसम्म जान सक्ने अनुमान गरिएको छ ।
चिसो बढेसँगै तराईमा लगातार बाक्लो हुस्सु र शीतलहरका कारण जनजीवन प्रभावित भएको छ । काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम विगत तीन दिनदेखि झर्ने क्रम जारी छ ।
उपत्यकाको न्यूनतम तापक्रम विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो ।
अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो ।
प्रतिक्रिया