युयुत्सुका कवितामा आन्दोलन

काठमाडौं । कवि तथा अनुवादक युयुत्सु शर्माले लेखेको ‘सम फेमेल यती’ कविता संग्र्रहको नयाँ संस्करण बजारमा आएको छ । ०४६ सालको आन्दोलन, पशुपतिनाथ, स्वयम्भू, प्रजातन्त्र तिहार लगायतका २१ कविता रहेको सो संग्रह निराला प्रकाशन नयाँदिल्लीले २०५१ सालमा प्रकाशन गरेको थियो ।
‘पहाडको अर्थ’ र ‘अग्निउत्सव’ शीर्षकमा विभाजित ती कवितामा व्यक्तिगत र सार्वजनिक विषयबाट मानवीय संघर्ष र पीडा अभिव्यक्ति भएका छन् ।उनका यसअघि नेपाल र यहाँको हिमाली संस्कृति तथा गोरखा भूकम्प आदिबारे लेखिएका नौ कवितासंग्रह र केही अनुवाद गरिएका कृति प्रकाशन भएका छन् ।

प्रतिक्रिया