काठमाडौँ, ९ पुस । नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पुष्पलाल कम्युनिष्ट आन्दोलनका साझा नेता भएको बताएका छन् ।
पुष्पलाल स्मृति प्रतिष्ठानको पाँचौँ साधारणसभाको आइतबार राजधानीमा उद्घाटन गर्दै पूर्वप्रधानमन्त्री खनालले उनको सपनालाई साकार पार्न सम्पूर्ण वामपन्थी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।
उनले भने, “कम्युनिष्ट सिद्धान्तलाई अवलम्बन गर्ने सबै वामपन्थी शक्तिलाई एकताबद्ध गर्न हामी लागिपरेका छौँ ।”
प्रतिष्ठानका अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टी र नेकपा माओवादी केन्द्रबीच छिट्टै एकता हुने र त्यसपछि अन्य स–साना वाम दललाई पनि समाहित गरिने जानकारी दिए ।
प्रतिक्रिया