काठमाडौं । रेनो नेपालको लागि आधिकारिक बितरक एड्भान्स अटो मोवाइल्स प्रालिले ‘रेनो सुप्पर हिट’ स्किम सञ्चालनमा ल्याएको छ । जाडो यामको अवसर पारेर कम्पनीले उपभोक्तालाई ध्यानमा राख्दै उक्त स्किम संचालनमा ल्याएको हो । उक्त स्किममा रेनोका कुनैपनि कार खरिद गर्दा ग्राहकले छुट सुबिधा पाउने छन् ।
रेनो सुप्पर हिट स्किमको ट्यागलाइन ‘चिसो विन्टरमा हट अफर’ रहेको छ । स्किम अन्तर्गत ग्राहकहरूले ६ लाख ५० हजारसम्मको फाइदा लिन सक्ने छन् । साथै एक बर्षको निशुल्क बीमा, एक बर्षको निःशुल्क रोड ट्याक्स (सडक दस्तुर कर), दुई वर्षसम्म निःशुल्क सर्भिसिङ साथै १ लाख सम्मको एक्स्चेन्ज बोनस पाउनेछन् ।
यो योजना रेनोका सबै डिलर तथा शोरुमहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया