वर्षकै सबैभन्दा जाडो दिन, आज तापक्रम ३.२ डिग्री सेल्सियस

काठमाडौं, २९ मंसिर । शुक्रबार यो वर्षकै सबैभन्दा चिसो दिन हो । मौसमविद शान्ति कँडेलका अनुसार शुबार विहान साढे ६ बजेको रेकर्डअनुसार काठमाडौंको तापक्रम ३.२ डिग्री सेल्सियस छ ।

कँडेलले सन् २०१७ कै सबैभन्दा कम तापक्रम भएको बताइन् । अझै केही दिन अझै चिसो बढ्दै जाने कँडेलले बताइन् । तराइमा पनि जाडो बढ्दै गएको छ ।

पश्चिमी वायुको प्रभावले अझै केही दिन जाडो बढ्ने सम्भावना रहेको उनले जनाइन् ।

प्रतिक्रिया