काठमाडौं, २६ मंसिर । लमजुङमा पहिलो चरणमा सम्पन्न निर्वाचनमा प्रत्यक्ष तर्फ करिब ५ हजार मत बदर भएको छ । प्रतिनिधी र प्रदेशसभा गरी चार हजार नौ सय ३७ मत बदर भएको हो ।
१ लाख १५ हजार ४ सय ४९ मत रहेको उक्त जिल्लामा प्रतिनिधी सभा सदस्यका लागि ७७ हजार १ सय ६४ मत खसेको थियो । जसमा २ हजार ५ सय ८५ मत बदर भएको मुख्य निर्वाचन अधिकृत कार्यालयले जनाएको छ ।
मतदाता शिक्षा प्रभावकारी नभएका कारण बदर मत बढेको पाइएको हो । ५४ हजार आठसय ९७ मतदाता रहेको प्रदेशसभा ‘क’ मा ३६ हजार ८ सय ७१ मत खसेको थियो भने १ हजार ४ सय ७४ मत बदर भएको थियो ।
६० हजार पाँच सय ५२ मत रहेको प्रदेशसभा ‘ख’ मा ४१ हजार दुईसय ७२ मत खसेकोमा ८ सय ७८ मत बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया