चितवन टाइगर्सको कप्तानमा पृथु र प्रशिक्षकमा कलाम

काठमाडौं २६ मंसिर । एभेरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट क्लब चितवन टाइगर्सले टिमका कप्तान, प्रशिक्षक र म्यानेजरलगायत नियुक्त गरेको छ । क्लबले कप्तानमा पृथु बास्कोटालाई नियुक्त गरेको छ ।

सोमबार पत्रकारमार्फत चितवनले प्रशिक्षकमा कलाम अली र दीपेन्द्र चौधरीलाई नियुक्त गरेको छ । पृथुको कप्तानीमा नेपालले एसिसी यू–१५ र एसिसी यू–१७ को उपाधि जितेको थियो ।

सन् २०१२ मा पनि पृथुले नेपालको आइसिसी यु–१९ विश्वकपको यात्रा सम्हालेका थिए । प्रशिक्षक अलीको प्रशिक्षणमा पहिलो संस्करण इपिएलको उपाधि पञ्चकन्या चेजले जितेको थियो ।

एसिसी यू–१९ इस्र्टन रिजनको उपाधि जित्दा र एसीसी यू–१९ एसिया कपमा भारतलाई पराजित गर्दै नेपाल सेमिफाइनलमा पुग्दा कलाम अली सहायक प्रशिक्षक थिए ।

चितवनले सुवास खकुरेललाई म्यानेजरमा नियुक्त गरेको छ । हातमा चोट लागेका कारण अहिलेसम्म पनि निको नहँुदा खकुरेल खेल्न नसक्ने भएपछि उनलाई म्यानेजरमा नियुक्त गरिएको चितवन टाइगर्सले जानकारी दिएको छ । खकुरेलको स्थानमा राष्ट्रिय टिमका अनिल मण्डलले खेल्नेछन् । चितवनले सबै खेलाडीको १ वर्षका लागि ५० हजार बराबरको मेडिकल र १ लाख बराबरको इन्स्योरेन्स गरेको छ ।

आगामी ३ पुुसदेखि त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा सुरु हुने इपिएलमा चितवन टाइगर्ससँगै काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएटस, विराटनगर वारिवर्स, पोखरा राइनोज र भैरहवा ग्लाडिएटर्स रहेका छन् । राउन्ड रोविन लिगका आधारमा संचालन हुने प्रतियोगिताबाट शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् । इपिएलको विजेताले २१ लाख प्राप्त गर्नेछन् ।

 

प्रतिक्रिया