खोजखबर

भक्तपुर-१ मा नेमकिपाका सुवाल विजयी

सौर्य अनलाइन २०७४ मंसिर २५ गते १५:३१ मा प्रकाशित

भक्तपुर, २५ मंसिर । भक्तपुर क्षेत्र नं १ प्रतिनिधिसभा सदस्य पदमा नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल विजयी भएका छन् । सुवालले ३३ हजार ०७६ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका बाबुराजा जोशीले १७ हजार ८१८ मत प्राप्त गरे ।

यस्तै, क्षेत्र नं १ प्रदेश ‘क’ मा एमालेका हरिशरण लामिछानेले १२ हजार ७८९ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका जीवन खत्रीले नौ हजार ९७७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत भोजराज शर्माले जानकारी दिए ।

नेपाल मजदुर किसान पार्टीका नीरज लवजूले सात हजार १९ मत तथा माओवादी केन्द्रका डिपी ढकालले ७८४ मत प्राप्त गरे । क्षेत्र नं १ प्रदेश ‘ख’ मा नेमकिपाका सुरेन्द्रराज गोसार्इंले २३ हजार १६४ मत प्राप्त गरी विजयी भए ।

उनका निकटतम प्रतिद्वन्द्वी वाम गठबन्धनका रोमन शिलाकारले सात हजार ७३१ मत ल्याए । काँग्रेसका अनिल भुजूले पाँच हजार ३०२ मत प्राप्त गरे ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय