टासीलाई कतार यअरवेज गल्फ उपाधि

काठमाडौं । टासी डाङले कतार यअरवेज ओपन गल्फको उपाधि जितेका छन् । पार–७२ को गोकर्ण गल्फ क्लबमा भएको प्रतियोगितामा टासीले पृथ्वी मल्लमाथि १ स्ट्रोक्सको जित निकाल्दै उपाधि जिते ।

२ ह्यान्डिक्याप टासीले कुल ३८ स्कोर गरे । उपाधि विजेताले टासीले ट्रफीसँगै कतार यअरवेजको राउन्ड टिकट प्राप्त गरे । उपविजेता पृथ्वीले ३७ स्कोर गरे ।

उनले बेस्ट ग्रसको ट्रफीसमेत हात पारे । विजय श्रेष्ठ इनहासले ३६ स्कोर बटुल्दा तेस्रो स्थानमा सीमित भए । डबल बोगीको साथ खेलको सुरुआत गरेका टासीले दोस्रो होलमा बर्डि गरे ।

टासीले तेस्रो इगल गर्दा १२औँ, १४औँ, १७औँ र १८औँ होलमा पुनः बर्डी प्रहार गरे । त्यसक्रममा टासीले ९औँ, १०औँ, ११औँ, १३औँ र १६औँ होलमा बोगीको सामना गरे ।

मस्ट बर्डीजको ट्रफी जितेका पृथ्वीले तेस्रो, पाँचौँ, आठौँ र १२औँ होलमामा बर्डिज प्रहार गरे । यद्यपि, उनले नवौँ, १०आैँ र ११औँ होलको सट खेर फाले ।

 

कस्मिरा शाहले महिलातर्फ उपाधि जितिन् । उनले ३१ स्कोर बटुल्दा आर्सिया बानुले २९ स्कोर बटुल्दै उपविजेतामा चित्त बुझाइन् । विजयबहादुर श्रेष्ठ सिनियरतर्फ (६९ वर्ष र सोभन्दामाथि) च्याम्पियन भए । विजयबहादुरले कुल ३५ स्कोर बटुले । सदभाव आचार्यले २१ स्कोर बटुल्दै जुनियरतर्फको उपाधि जिते । 

जुनियरमा ९ होलमा मात्र प्रतिस्पर्धा भएको थियो । वाङचेन धोन्डुपले क्लोजेस्ट टु दि पिन र विजय श्रेष्ठ इनहासले लंगेस्ट ड्राइभको ट्रफी जिते । स्टेबलफोर्ड ३ बाइ ४ ह्यान्डिक्याप फरम्याटमा भएको प्रतियोगितामा कुल ८५ गल्फरको सहभागिता रहेको थियो ।

प्रतियोगिताको विजेतालाई कतार यअरवेजको कन्ट्री म्यानेजर जेपी नैर, यअरपोर्ट म्यानेजर अर्पन दवाडी, बिक्री म्यानेजर सरिक बोगटी र गोकर्ण गल्फ क्लबका क्याप्टेन जोसेफ नाथनले पुरस्कृत गरे ।

प्रतिक्रिया