युएईविरुद्ध जित निकाल्दै नेपालको शुखद अन्त्य गर्ने लक्ष्य

काठमाडौं २२ मंसिर । नेपालले आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम खेलमा शुक्रबार युनाइटेड अरब इमिरेट्स (युएई)सँग प्रतिस्पर्धा गर्दै छ । यसअघि घरेलु टोलीसँगको पहिलो खेल गुमाएको गुमाइसकेको नेपालले दोस्रो खेल जित्दै च्याम्पियनसिपबाट सुखद अन्त्य गर्ने लक्ष्यमा रहेको छ । अन्तिम खेलमा केही परिवर्तनका साथ नेपाल मैदानमा उत्रँदै छ । शुक्रबारको खेलमा भरपर्दा अलराउन्डर दीपेन्द्रसिंह ऐरीले खेल्न नपाउने भएका छन् ।

बिहीबार भएको अभ्यासको क्रममा घाइते भएपछि उनको स्थानमा रिजर्भ प्लेयर अनीलकुमार साहलाई अवसर दिएको नेपाली क्रिकेट टिमका व्यवस्थापक रमन सिवाकोटी प्रेस विज्ञप्तीमार्फत जानकारी दिए । २ रिभर्भ प्लेयरको रुपमा अनील र कुशेल भुर्तेल गरी २ खेलाडी युएई पुगेका थिए । यसअघि युएईसँगको पहिलो खेलसमेत नखेलेका दीपेन्द्रसिंह ऐरीले युएई भ्रमण औपचारिक खेलविना टुंगाउने भएको छ । सागर पुनले पनि पहिलो खेल खेलेका थिएनन् ।

सातौँ चरणको अन्तिम खेलमा भने जित हात पार्ने रणनीतिको साथ नेपाल घरेलु टोलीविरुद्ध उसैको मैदानमा उत्रिँदै छ । यद्यपि, नेपालको लागि जित भने त्यति सहज छैन् । पहिलो खेल जितिसकेको युएई पूर्णआत्मविश्वासको साथ नेपालमाथि चुनौती बन्नेछ । शेख जायद क्रिकेट रंगशालामा नेपाली समयअनुसार बिहान ११ बजेर १५ मिनेटमा खेल सुरु हुनेछ । युएईविरुद्धको पहिलो खेलमा नेपाल ७ विकेटले पराजित भएको थियो ।

विश्व क्रिकेट लिगको १ खेल बाँकी छँदै अन्तिम २ मै रहेपछि युएई र नेपाल डिभिजन टु–२ घटुवा भएको थियो ।  यसअघि हङकङमा भएको २ खेलमध्ये पहिलो खेलमा हार र दोस्रोमा बराबरीमा रोकिएपछि नेपालको विश्वकप खेल्ने यो अवसर गुमेको थियो । यद्यपि, आगामी फेब्रुअरीमा नामिवियामा हुने आइसिसी विश्व क्रिकेट लिग डिभिजन–२ प्रतियोगितामार्फत विश्वकप पुग्ने नेपालको बाटो अझैँ खुल्ला रहेको छ ।

त्यसैले पनि युुएईसँगको अन्तिम खेल नेपालको तयारीको राम्रो अवसरको रूपमा समेत रहनेछ । यो खेलमा नेपालले केही नयाँ अनुहारलाई मैदानमा उतार्ने योजना बनाएको छ । नामिबियामा हुने डिभिजन–२ मा खेल्ने टिमको पनि छिनोफानो भएको छ । आइसिसी विश्व क्रिकेट लिगबाट नेपालसहित युएई, नामिबिया र केन्याले डिभिजन–२ खेल्ने भएका छन् । जसमा ओमन र क्यानाडा रहेका छन् ।

यी ६ वटा टिममध्ये शीर्ष २ मा पर्ने टिम विश्वकप छनोटमा प्रवेश गर्नेछन् । आइसिसी विश्व क्रिकेट लिग च्याम्पियनसिपबाट नेदरल्यान्ड, स्कटल्यान्ड, पपुवान्युगिनी र हङकङ भने विश्वकप छनोटमा प्रवेश गरिसकेका छन् ।

प्रतिक्रिया